Homeसमाचारप्रदेशको समानुपातिक सिटमा राप्रपाको छलाङ

प्रदेशको समानुपातिक सिटमा राप्रपाको छलाङ

झापा १८ मंसीर। प्रदेश १ प्रदेशसभाको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । प्राप्त मत परिणाम अनुसार समानुपातिकतर्फ नेकपा एमालेले १५ सिट प्राप्त गर्दै पहिलो पार्टी बनेको छ ।
२०७४ सालको निर्वाचनको तुलनामा ८ हजार २४६ कम मत पाएपनि एमाले पहिलो पार्टी बनेको हो । एमालेले ६ लाख ६५ हजार ४६० मत पाएको छ । यसपटक प्रदेशको समानुपातिकमा अघिल्लो निर्वाचनभन्दा १ लाख ६२ हजार ५२२ बढी मत बदर भएको थियो ।


२०७४ सालमा कूल सदर मत १७ लाख ३६ हजार ६२२ रहेको थियो । यो निर्वाचनमा भने सदरमत १८ लाख ९९ हजार १४४ रहेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै नेपाली ५ लाख ६२ हजार ९५६ मत पाएको काँग्रेसले समानुपातिकमा १२ सिट पाउने भएको छ । २०७४ १३ सिट पाएको कांग्रेसले यो पटक भने समानुपातिकतर्फ १ सिट गुमाएको छ ।
माओवादी केन्द्रले पनि अघिल्लो निर्वाचनमा भन्दा यो निर्वाचनमा २५ हजार ५३६ कम मत पाएको छ । माओवादी केन्द्रले २०७४ मा २ लाख ६ हजार ७८१ मत पाएकोमा यसपटक १ लाख ८१ हजार २४५ मत पाएको छ ।
अघिल्लो पटक प्रदेशसभामा प्रत्यक्षमा १ र समानुपातिकमा २ गरी तीन सांसद रहेको चौथो ठूलो दल बनेको जसपा (तत्कालिन संघीय समाजवादी) पनि खुम्चिएको छ । २०७४ सालमा ७० हजार ४५६ मत पाएको जसपाले यसपटक ८ हजार ७५३ कम अर्थात् ६१ हजार ७२३ मत मात्र पाएको छ ।
राप्रपाले भने अघिल्लो पटकको तुलनामा यस पटक छलाङ मारेको छ । राप्रपाले २०७४ सालमा ५७ हजार ३४२ मत ल्याएकोमा यो पटक १ लाख ४१ हजार १६९ मत बढाउँदै लगभग २ लाख मत प्राप्त गरेको छ ।
एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले ५५ हजार ९५७ मत पाएको छ । प्रदेशसभाको समानुपातिक सिट प्राप्त गर्न १.५ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्छ । अन्तिम मतपरिणाम अनुसार काँग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा र एकीकृत समाजवादीले मात्र थ्रेसहोल्ड कटाएका छन् ।
समानुपातिक निर्वाचनमा प्राप्त मतलाई निर्वाचन आयोगले सेन्ट लग सुत्रबाट हिसाब गरि सिट बाँडफाँड गर्दछ । सोही अनुसार समानुपातिकको ३७ सिटमा नेकपा एमालेले १५ र कांग्रेसले १२ सिट पाउँदा माओवादी केन्द्रले ४, राप्रपाले ४, जसपा र एकीकृत समाजवादीले १÷१ सिट पाउने भएकाछन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रदेशको समानुपातिक सिटमा राप्रपाको छलाङ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img