अर्जुनधारा १८ मंसीर । भगवत् भक्ति आश्रमको आयोेजनामा काशीमणि पितृस्मृति समूहको नाममा मनाइने गीता जयन्तीको अवसर पारेर साहित्यकार तथा समालोचक विष्णुकुमार भट्टराईद्वारा लिखित महानेता खण्डकाब्यको विमोचन गरिएको छ ।
आयोजक संस्थाका अध्यक्ष तुलसीराम आचार्यको अध्यक्षता तथा साहित्यकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भट्टराईद्वारा लिखित खण्डकाब्यको प्रमुख अतिथि पोखरेल र विशिष्ठ अतिथि हरिनारायण भट्टराईले संयुक्त रुपमा विमोचन गरेका थिए ।
विमोचित कृतिका विषयमा प्रमुख अतिथि पोखरेलले चर्चा गर्नुभएको थियो । खगेन्द्रा खुशीले खण्डकाब्यमा उल्लेख गरिएका श्लोक वाचन गरेको कार्यक्रममा मिना अधिकारी लगायतले कविता वाचन गरेका थिए ।
गणेशकुमार भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमबारे जानकारी काशीमणी पितृस्मृति समूहका संयोजक तथा महानेता खण्डकाब्यका रचयिता भट्टराईले प्रकाश पारेका थिए ।
यता प्रतियोगितात्मक गीता वाचनमा पहिलो दोस्रो, तेस्रो र शान्त्वना भएका थिए । उत्कृष्ठलाई प्रमुख अतिथिसहित अथितिहरुले पुरस्कार वितरण गरेका थिए ।
भगवत् भक्ति आश्रममा गीता जयन्ती र खण्डकाब्य विमोचन

































































































