Homeसमाचारलिङ्देनद्वारा एकैदिन तीनवटा पुलको शिलान्यास

लिङ्देनद्वारा एकैदिन तीनवटा पुलको शिलान्यास

हल्दीवारी १४ मंसीर। झापा क्षेत्र नं. ३ वाट नव निर्वाचित सांसद राजेन्द्र लिङ्देनले आज वुधवार एकै दिन तीनवटा पुलको शिलान्यास गरेका छन् ।
राप्रपा अध्यक्ष समेत रहेका लिङ्देनले हल्दीवारी गाउँपालिकामा निर्माण हुन लागेको ३ वटा पक्की पुलको शिलान्यास गरेका हुन् ।
४ करोड ६७ लाख ९४ हजार ८ सय ७८ रुपैयाँमा ३ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको सारा सृष्टि निर्माण सेवा प्रा.लि. ले २०८१ मंशिर ५ गते निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
जस अन्तरर्गत वडा नं. १ र ५ जोड्ने भुतेनी खोलामा ४२.७ मिटर लम्बाइको, त्यसैगरी वडा नं. ३ को भुसुडी खोलामा २६.८ मिटर लम्बाइको र भुसुडी खोलाकै अर्को स्थानमा २६.८ मिटर लम्बाईको पुल निर्माण हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।
गाउँपालिका क्षेत्र भित्रका अन्तिम ३ वटा काठका पुल विस्तापित गर्दै पक्की पुल निर्माणका लागि ठेक्का लगाइसकेको बताउँदै समयसीमा भित्र निर्माण सम्पन्न हुने कुरामा ढुक्क हुन पालिका अध्यक्ष रविन्द्र लिङ्देनले आश्वासन दिए ।
कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं. ३ (९ख) का नव निर्वाचित संसद छवि चुडालको समेत उपस्थिती रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलिङ्देनद्वारा एकैदिन तीनवटा पुलको शिलान्यास
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img