काँकरभिट्टा १४ मंसिर । झापाको मेचीनर नगरपालिका–१३ चारआलीस्थितमा ट्रकको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे प्रदेश १–०१–००१ ख ३८४८ नम्बरको ट्रकले पैदल यात्री ७० बर्षीय जगतमान साँवालाई ठक्कर दिंदा घाईते भएका साँवाको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न रहेको ट्रक र चालक पाँचथर हिलिहाङका ३६ बर्षीय नरेन्द्रकुमार अधिकारीलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

































































































