HomeFeatured 2पत्रकार नेपाल अभिव्यक्ति स्वतन्त्रताबाट बञ्चित, घटनाकोे छानविन गर्न युनियनको माग

पत्रकार नेपाल अभिव्यक्ति स्वतन्त्रताबाट बञ्चित, घटनाकोे छानविन गर्न युनियनको माग

काठमाडौं १४ मंसीर । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष किशोर नेपालले प्रयोग गर्दै आएका सामाजिक सञ्जाल ह्याक गरिएको घटनाप्रति नेपाल प्रेस युनियन केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ । २०७९ कात्तिक ६ गते फेसबुक अचानक बन्द गरिएको र त्यसपछि इमेल, ट्विटर, इन्स्टाग्राम र फोनसमेत बन्द गरिएको पत्रकार नेपालले जानकारी गराएका छन् ।
हरेक नागरिकले अभिव्यक्ति स्वतन्त्रताका लागि भरपुर प्रयोग गर्दै आएका सामाजिक सञ्जालबाट बञ्चित गर्ने कार्य अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको ठहर गर्दै युनियनले घटना छानबिन गरी दोषी पहिचान गरेर कानुनी दायरामा ल्याउन माग समेत गरेको छ । युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘पत्रकार नेपालले नेपाल प्रहरीको साइबर ब्युरो लगायतका सम्बन्धित निकायलाई घटनाबारे जानकारी गराउँदासमेत समस्या समाधान नहुनु गम्भीर विषय हो । पत्रकार नेपालको सामाजिक सञ्जाल नै ह्याक गरेर अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास भएको युनियनको बुझाइ छ । व्यक्तिगत रूपमा प्रयोग हुँदै आएका सामाजिक सञ्जाल ह्याक हुनुले साइबर सुरक्षाप्रति चिन्ता बढाएको छ ।
पत्रकार नेपालले प्रयोग गर्दै आएका इमेल, फोन, सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम यथाशक्य प्रयोगमा ल्याउने वातावरण मिलाइदिन सम्बन्धित पक्षसँग युनियन जोडदार माग गर्दछ । घटना छानबिन गरी दोषी पहिचान गरेर कानुनी दायरामा ल्याउन युनियन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2पत्रकार नेपाल अभिव्यक्ति स्वतन्त्रताबाट बञ्चित, घटनाकोे छानविन गर्न युनियनको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img