भद्रपुर ९ मंसिर । झापाको भद्रपुर स्थित सिभिल बैंकले १२ औं स्थापना दिवसको सन्दर्भमा वित्तिय साक्षरता कार्यक्रम संचालन गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाइृ छात्राबृत्ति प्रदान गरेको छ ।
शुक्रबार भद्रपुर माविको प्राङ्गगणमा बंैकद्वारा आयोजित कार्यक्रमका बीच भद्रपुर मावि भद्रपुरमा कक्षा ८ मा अध्यानरत छात्रा काजल चौधरीलाई विद्यालय प्रशासनको सिफारिसमा नगद छात्राबृति सहित प्रमाण पत्र प्रदान गरिएको हो ।
बैककका शाखा प्रबन्धक घनश्याम पोखरेल लगाएतको कर्मचारीहरुको टोलीले विद्यालयमा पुगेर सो छात्राबृति प्रदान गर्नु भएको थियो । सोहि अवसरमा भद्रपुरमै रहेको एस एस निकेतन ईङ्गलिस स्कूलका विद्यार्थी तथा शिक्षहकहरुलाई समेत वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम प्रदान गरेको बैंकका रिलेसनसिप अफिसर विकास बुढाथोकीले जानकारी दिनु भयो । बैकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रहेर कार्यकार्यक्र गरेको बुढाथोकीको भनाई छ ।
सिभिल बैंकद्वारा विद्यार्थीलाई छात्रबृत्ति प्रदान

































































































