मंसीर ७ मंसिर । झापा क्षेत्र नम्बर –१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै शर्मा विजयी भएका हुन् ।
शर्मा ३९ हजार ६२४ मतका साथ निर्वाचित हुँदा खरेलले २५ हजार ३४९ मत प्राप्त गरे । विद्यार्थी राजनीतिबाट आएका शर्मा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पहिलो संसदीय प्रतिस्पर्धामा गरेका थिए । झापा–१ मा एमालेका रविन कोइरालासँग उनी ६०० मत अन्तरले पराजित भए ।
२०७४ सालको निर्वाचनमा फेरि उम्मेदवार भए, तर वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता राम (सुरेन्द्र) कार्कीसँग पराजित भएका थिए ।
भारी मतान्तरसहित झापा १ मा शर्मा विजयी

































































































