मेचीनगर ७ मसिंर । झापा क्षेत्र नम्बर १ को प्रतिनिधीसभा तर्फ नेपाली काँग्रेसका बिश्वप्रकाश शर्माको जित निश्चित भएको छ ।
गणना गर्न बाँकी मत भन्दा शर्माले प्राप्त गरेको मतान्तर धेरै भएका कारण शर्माको जित निश्चित भएको हो । ११ हजार ४ सय २३ मत गणना गर्न बाँकी रहँदा शर्मा एमाले उम्मेदवार अग्नीप्रसाद खरेल भन्दा १२ हजार ६८० मतले अगाडी छन् ।
८१ हजार ७ सय ६४ मत मध्ये ७० हजार ३४१ मत गणना हुदाँ शर्माले ३४ हजार ५०८ मत प्राप्त गर्दा एमाले उम्मेद्वार खरेलले २१ हजार ८२८ मत प्राप्त गरेका छन् ।
यसरी हेर्दा काँग्रेस महामन्त्री समेत रहेका शर्माको जित निश्चित हुँदा शर्माको तेस्रो प्रतिष्पर्धीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले भने ७ हजार ३५ मत प्राप्त गरेका छन् ।
झापा १ मा शर्माको जीत निश्चित

































































































