झापा ५ मंसिर । आसन्न ५ वर्षका लागि हिजो भएको आम निर्वाचनको मत परिणाम अनुसार नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । मुस्ताङमा नेपाली कांग्रेस मुस्ताङका उम्मेदवार योगेश गौचन थकालीले विजय प्राप्त गरेसंगै कांग्रेसको खाता खोलिएको हो ।
थकालीले नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मत अन्तरले पराजित गरेका थिए । योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३ हजार ७८ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रविणकुमार शेरचनले १३ मत पाएका थिए । गौचन यो निर्वाचनमा कान्छा उम्मेद्वार भएको बताइएको छ । उनी २९ वर्षका युवा हुन् ।
मुस्ताङमा कांग्रेसका योगेश गौचन निर्वाचित

































































































