Homeसमाचाररानाको उम्मेद्वारीले उत्साहित गठबन्धनका कार्यकर्ता

रानाको उम्मेद्वारीले उत्साहित गठबन्धनका कार्यकर्ता

झापा । हरिकुमार राना, झापाका लागि परिचित नाम हो । पटक पटक जनप्रतिनिधिको जिम्मेवारी सम्हाली सकेका राना आसन्न मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार छन्। लामो समयदेखि कम्युनिष्ट राजनीति र आन्दोलनमा आवद्व रहेका छन् उनी निरन्तर ३० वर्षदेखी जनताको सेवामा रहेका छन् । तीन दशकदेखि जनप्रतिनिधिको रूपमा काम पनि गरेका उनी जनताको सुख दुःखमा साथ साथै छन् । संसदीय यात्रामा पहिलोपटक पाइला अघि बढाएका छन् । यसअघि उनी तीनपटक जनप्रतिनिधिको रूपमा काम गरिसकेका छन् । ०४९ र ०५४ मा साविक शनिश्चरे गविसको अध्यक्ष भएर सफलतापूर्वक काम गरेका उनले त्यो बेलामा स्थानीय निकाय शक्तिशाली नहुँदा सन्तोषजनक काम गर्न भने नसकेको बताउँछन् । आफैँ कार्यक्रम बनाउने र योजना कार्यान्वयन गर्ने तहमा नभएकाले जनताको न्याय सम्पादनमा काम समेत गरेको रानाको भनाइ छ ।‘त्यो बेलाको गाविस अध्यक्षलाई त्यति धेरै अधिकार थिएन,’ उनी भन्छन्, ‘न्याय सम्पादनको क्षेत्रमा पनि काम गरियो ।’ राना संघीयता कार्यान्वयनपछि भएको शक्तिशाली स्थानीय सरकार अर्जुनधारा नगरपालिकाको पहिलो निर्वाचित नगर प्रमुख भए । रानाको इतिहासमा कुनै निर्वाचन हारेको रेकर्ड छैन । उनी अपराजित तीनपटक जनप्रतिनिधि भए । अहिले चौथो जितका लागि अनवरत जनताको घरदैलोमा पुगेका छन् । उनले आफु अर्जुनधारा नगरपालिकाको नगर प्रमुख हुँदा गरेको कामका कारण पनि निर्वाचनमा विजयी हुन सहज हुने बताउँछन् । ‘मैले आफूले पाएको जिम्मेवारीलाई इमान्दारितपूर्वक पालना गरेको छु । जनताको सेवा नै आफ्नो परम कर्यव्य ठानेको छु । इमान्दार सेवकलाई जनताले भोट दिनुहुनेछ,’ उनले भने,‘मेयर हुँदा १२५ वटा पुल बनाएको छु । न्यूनतमः २५ लाखदेखि तीन करोड ४८ सालसम्मको पुल बनाएका छौँ । पुल बनाउँदा रोङ र माईसँग पनि सहकार्य गरेका छौँ । खुदुनाबारीको फाल्गनुन्द चोकदेखि १४ किलोमिटरको परको सहकाले गाउँमा विजुली थिएन, विजुली पुर्यायौँ । पिउनेपानी, बाटो थिएन । स्वास्थ्य केन्द्र बाल केन्द्र थिएन । त्यहाँ पनि सबै व्यवस्थापन गर्यौँ । चार सय किलोमिटरभन्दा धेरै धुलौटेबाटोलाई बलौटेमा रुपान्तरण गरेका छौँ । ८ वटै वडाकार्यालय बनाएका छौँ । ११ वटै वडामा स्वास्थ्य केन्द्र पुर्याएका छौँ ।’ यो उनको नगर प्रमुख हुँदाका उदाहरणीय काम हुन् । ३० वर्षको अवधीमा पटक पटक सार्वजनिक पदमा रहँदा रानाले गरेका विकास निर्माणका काम एकातिर रह्यो सबै भन्दा राम्रो कुरा उनी कहिल्यै पनि आर्थिक अनियमितताको आरोप खेप्नु परेन । यो उनलाई विश्वास गर्ने एउटा बलियो कसी हो ।
प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि हुन लागेको झापा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि उनका प्रतिस्पर्धी एमालेका देवराज घिमिरेसँग जनताको प्रतिनिधि भएर काम गरेको अनुभव छैन । पार्टी संगठनमा यतिका वर्ष काम गरेँ भन्ने मात्रै एजेन्डा हो । यस्तो अवस्थामा रानासँग जनप्रतिनिधि भएर काम गरेका योजना साट्दै र बाँकी दिनमा अन्य काम पनि गर्ने योजना सुनाउँदै भोट मागिरहेका छन् । रानालाई प्रतिस्पर्धीमा घिमिरे पाउँदा निकै फाइदा छ । घिमिरेलाई झापा–२ मा एमालेकै कार्यकर्ताले पनि नरुचाएको गठबन्धन पक्षको भनाई छ । झापा–२ मा अग्नी खरेलले निर्वाचन लड्ने तयारी गर्दै गर्दा एक्कासी अर्कैं उम्मेद्वार आएपछि कार्यकर्तामा ब्यापक असन्तुष्टि बढेको छ । यही असन्तुष्टि मत सहज आउने रानाको अनुमान छ । विगतमा लामो समयसम्म एमालेको राजनीति गरेर झापा–२ मा प्रभाव जमाएका कारण पनि रानालाई एमालेको मत उल्लेख्य आउँछ । एमालेमा अधिकांस उनले बनाएका कार्यकर्ता छन् । त्यही कारण प्रतिस्पर्धी निकै अप्ठेरोमा परेको राना समर्थकको भनाई छ । यद्यपि गठबन्धनभित्र एकता भएका कारण पनि सहज जित निकाल्न सकिने रानाको भनाइ छ । ‘गठबन्धनभित्र एकता छ । जितको आधार यही नै हो । कांग्रेसमा पनि विस्तारै एकता आउँदैछ,’ उनले भने,‘म आएपछि एकता सुदृढ भएको छ । हरि रानाको उम्मेदवारीले गठबन्धनभित्र अभूतपूर्व एकताभाब प्रकट भएको छ । हरेक निर्वाचनमा एउटाले टिकट पाएको नाममा अर्को असन्तुष्ट हुने र त्यसलाई हराउन लागि पर्ने कांग्रेसका नेता र कार्यकर्ता पनि यो पटक केही समेटिएका छन् । पटक पटकको केपी ओलीको संसद विगठनले असन्तुष्ट गठबन्धनका नेता कार्यकर्ताहरुमा रानाको उम्मेद्वारीले केही हदसम्म उत्साह थपेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचाररानाको उम्मेद्वारीले उत्साहित गठबन्धनका कार्यकर्ता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img