झापा। चर्चित बलिउड अभिनेत्री मनिषा कोइराला राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनलाई मत माग्न झापा आउने भएकी छन्।
लिङदेनको चुनावी क्षेत्र, झापा क्षेत्र नं ३ को राजगढ बजारमा कार्तिक २९ र भद्रपुरमा ३० गते हुने बृहत चुनावी आमसभालाई कोइरालाले सम्बोधन गर्ने भएकी हुन् ।
झापा ३ मा एमालेसँग चुनावी तालमेल गर्दै लिङदेन प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा चुनावी मैदानमा रहेका छन्। उनीसंग मुख्य प्रतिष्पर्धामा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला छन् । क्षेत्र नं. ३ मा सिटौला र लिङ्देन, ३ स्वतन्त्रसहित १८ जना चुनावी मैदानमा छन् ।
लिङदेनलाई मत माग्न, कोइराला झापा आउने

































































































