HomeFeatured 2प्याड किन्न १५ सय दिने एमालेको घोषणाले गाउँका महिला खुशी

प्याड किन्न १५ सय दिने एमालेको घोषणाले गाउँका महिला खुशी

झापा २७ कात्तिक । नेकपा एमालेले महिनावारी भएका सबै महिलालाई सेनिटरी प्याडका लागि एक हजार पाँच सय रुपैयाँ प्रदान गर्ने घोषणाले ग्रामीण महिलाहरु खुशी भएका छन् ।
हालै एमालेले घोषणा पत्रमा सार्वजनिक गरेको धेरै लोकप्रिय कार्यक्रममध्ये एक बर्षमा हरेक महिनावारी भएका महिलालाई पन्ध्र सय रुपैयाँ दिने उल्लेख गरिएको छ । यसले स्वस्थ महिनावारी, सुरक्षित मातृत्वको नीति कार्यान्वयनको ग्यारेन्टी गरिएको भन्दै महिलाहरु उत्साहित भएका हुन् ।
‘महिलाको स्वस्थ महिनावारीको सन्दर्भमा यो क्रान्तिकारी योजना हो,’ मेचीनगर–९ की संगीता थापा भन्छिन्–‘एमालेले गरेको घोषणाबाट गाउँका महिलाहरु साह्रै खुशी भएका छन् । उहाँहरुले एमालेले राम्रो कार्यक्रम ल्याएकाले भोट दिन्छौं भन्ने गरेका छन् ।’
सहरी क्षेत्रका महिलाले व्यापक रुपमा प्रयोग गर्दै आएको सेनिटरी प्याड आर्थिक अभावका कारण ग्रामीण क्षेत्रका अधिकांश महिलाले अझै प्रयोग गर्न सकेका छैनन् । उनले एमालेले ल्याएको यो नीतिको खुलेर प्रंशसा गर्दै भनिन्–“हेर्दा सामान्य लागे पनि यसले दीर्घकालीन महत्व बोकेको छ । हजारौं महिलाको स्वास्थ्य सुरक्षित हुने वातावरण सिर्जना गरेको छ ।”
महिनावारीमा प्याड किन्ने पैसा नहुँदा गाउँका महिलाले थोत्रा कपडा प्रयोग गर्दै आएका छन् । एमालेको सरकार बनेपछि हरेक महिलाले पन्ध्र सय रुपैयाँ प्याड किन्न पाउने कुरा घोषणा पत्रमा उल्लेख छ ।
सेनिटरी प्याडको विकल्पको रुपमा थोत्रा कपडा प्रयोग गर्दा महिलाको यौनाङ्गमा संक्रमण हुने र पाठेघरमा क्यान्सर जस्तो भयानक रोग लाग्ने सम्भावना हुने चिकित्सकहरु समेत बताउँछन् ।
मेचीनगर–११ की सुनिता पाठक ढकालले यो सेनेटरी प्याडका लागि पैसा दिने एमालेको कार्यक्रम विपन्न वर्गका महिलाहरुका लागि बरदान सावित हुने बताउँछिन् । उनले भनिन् –‘हुने खानेका लागि त सामान्य कुरा होला, तर गरीबीले पिल्सिएका ग्रामीण क्षेत्रका हामी जस्ता महिलाका लागि पन्ध्र सयको प्याडले ठूलो राहत मिल्छ ।’
एमालेले सबै महिलालाई विभेद नगरी प्याड किन्न रकम दिने भनेको छ । महिलाको स्वास्थ्य जस्तो विषयसँग जोडिएको यो कार्यक्रम ल्याएर एमालेले जनताको मन जितेको सुनिताको भनाई छ ।
बिगतमा एमालेले आफ्नो गाउँ आफै बनाऔं, वृद्ध भत्ता, प्रधानमन्त्री रोजगार कार्यक्रम, मृगौला रोगीको निःशुल्क डाइलासिस, मासिक औषधि खर्च जस्ता लोकप्रिय कार्यक्रम ल्याइसकेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्याड किन्न १५ सय दिने एमालेको घोषणाले गाउँका महिला खुशी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img