Homeसमाचारबिपन्नका बैशाखी, बिकासमा बिश्वप्रकाश

बिपन्नका बैशाखी, बिकासमा बिश्वप्रकाश

झापा । जब जब निर्वाचन आउँछ, अधिकांश क्षेत्रका जनताको गुनासो हुन्छ–‘निर्वाचनमा जनतालाई अनेकौं आश्वासन बाँड्छन् अनि नेताहरु जितेर गएपछि फर्किएर आउँदैनन् ।’
आश्वासनका अनेकौं पोका बाँड्ने भन्दा पनि जितेर आफ्नो क्षेत्रको विकासका लागि काम गरेरै देखाउने सोचमा छन्–झापा क्षेत्र नं–१ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ।
२०७०/२०७४ को निर्वाचनमा झिनो मतान्तरले पराजित भएका उनले संसदमा छिर्न नपाएपनि आफ्नै पहुँच र प्रभावका कारण आफ्नो क्षेत्रको विकासका लागि थुप्रै बजेट तानेका छन् । त्यतिमात्रै होइन, जो दुःखमा पर्छ उसको दुःख बाँड्दै बैशाखी बनेर काम गरिरहेका छन् ।
उनले क्षेत्र नं–१ को सबैतिर यातायातको समान पहुँच बनाउन रिङरोडको परिकल्पना गरे । जुन रोड नेपालको पूर्वीद्वार काँकडभिट्टाबाट प्रारम्भ भएर सतिघट्टा, ज्यामिरगढी, धायरेगाउँ,भद्रपुर नगरपालिका ९ बाट मेचीनगर १३ तेलीबारी, धाइजन, मेचीनगर ११/१२ हुँदै बुद्धशान्तिको बहुवन, बाहुनडाँगीको भृकुटी पुनः काँकडभिट्टामा जोडिनेछ। गतबर्ष सोही रिङरोडका लागि ३ करोड र यसबर्ष ५ करोड बजेट छुट्याउन सफल भए । रिङरोडको स्तरोन्नति शुरु भइसकेको छ ।
हात्ती र मानवबीचको द्वन्द्व ब्यवस्थापन झापा क्षेत्र नं–१ को प्रमुख समस्याका रुपमा रहेको छ । त्यहाँका स्थानीय बर्षेनी आफूले लगाएको अन्नबाली भित्र्याउन पाइन्छ कि पाइदैन ! भनेर चिन्तित हुन्छन् । त्यतिमात्रै होइन आफ्नो ज्यान नै हात्तीले लिने हो कि ! भन्ने त्रास समेत स्थानीयमा छ । भारतीय जंगल हुँदै नेपाल प्रवेश गर्ने हात्तीले बर्षेनी त्यस क्षेत्रमा अन्नबाली नष्ट गर्नुका साथै मानवीय क्षती समेत गर्ने गरेको छ ।
नेपाली कांग्रेस पार्टी एवं महामन्त्री शर्माको पहलमा हात्ती नियन्त्रणका लागि मेचीनगर–१, २, ३ र ४ (तत्कालीन बाहुनडाँगी क्षेत्र) मा सोलार फेन्सिङ निर्माणका लागि पनि उनले महत्वपूर्ण भूमिका खेलेका छन् ।
‘राजनीतिमा प्रतिष्पर्धा गरौं, विकास निर्माणमा सहकार्य गरौं’ भन्ने कुरालाई आत्मसात गर्ने शर्माकै पहलमा मदन भण्डारी राजमार्गका लागि २५ करोड बजेट छुट्टिएको छ ।
मदन भण्डारी राजमार्ग नामाकरण गरेको पुरानो चुरे मार्गको मेचेडाँगीदेखि नेपाल–भारत पाटापुरसम्मको लगभग ४ किलोमिटर बाटो निर्माण प्राथमिकतामा नपरेर बजेट विहिन भएपछि चर्को आलोचना हुँदै आएका बेला शर्माको पहलमा बजेट निकाशा भएपछि टेण्डर लागिसकेको छ । बाटो निर्माण कार्यसमेत शुरु भइसकेको छ । रकम निकासासहित गरिएको टेण्डर आह््रवानले स्थानीयबासीमा खुशी ल्याएको छ । पूर्व पश्चिम राजमार्गको बैकल्पीक मार्गका रुपमा हेरिएको मदन भण्डारी मार्गका लागि बजेट अभाव देखाउँदै पुर्वी खण्ड निर्माणमा ढिलाई भइरहेको बेला काँग्रेस महामन्त्री शर्माको सार्थक पहल पछि निर्माणको प्रक्रिया शुरु हुनुले यस क्षेत्रको विकासमा थप टेवा पुग्ने स्थानीयहरु बताउँछन् ।
त्यसो त अति विपन्न परिवारका लागि बैशाखी बन्दै आएका शर्माकै पहलमा आगलागीका कारण घरसहित सबै सरसामान समेत गुमाएकी झापा मेचीनगर १४ की लखि मर्डीले लगभग तीनमहिना अघि नयाँ घर पाइन् । दुवागढीस्थीत मजदुर बस्तीमा निर्माण गरिएको घर पाएपछि लखीका आँखाबाट हर्षाश्रु बर्सिएका थिए । शर्माकै अगुवाइ एवं पहलमा दुईबर्ष अघि थालिएको मेची अभियानमार्फत जनजीविकासँग सरोकार राख्ने मानवीय कार्य गरिदै आएको अभियानका संयोजक विजय डालमिया बताउँछन् ।
त्यसो त अहिलेको निर्वाचनमा उनकै प्रतिष्पर्धी अग्नि खरेलकै स्थायी बसोबास रहेको झापा गौरादहमा समेत शर्माकै पहलमा बेसहारा एवं घरबारविहीन रहेका दुई नेत्रहिन दाजुभाइको घर लगभग दुईबर्षअघि नै बनिएको छ ।
अति विपन्न, गरिव तथा असहाय ब्यक्तिहरुलाई संकटमा मानवीय सहयोग गर्दै आएका शर्माको पहलमा श्रमदान तथा स्वेच्छिक सहयोग (चन्दा) संकलन गरेर दर्जनौं घर निर्माण गरिएका छन् । जुन सम्बन्धित परिवारको ओत र जीवनको सहारा बनिरहेको छ ।
हुन त हामीकहाँ भौतिक रुपमा भएको विकासलाई मात्रै विकास मान्ने प्रवृत्ति पनि छ । तर गाँस, वास, कपास, शिक्षा, स्वास्थ्यजस्ता मानवका आधारभूत आवश्यकता पूर्ण गर्न असमर्थ अति विपन्न परिवारको संख्या पनि थुप्रै छ नेपालमा । उनीहरुको आयस्रोत बृद्धि गर्दै जीवनस्तर सुधार राजनीतिकर्मीको प्रमुख उद्देश्य हुनुपर्छ । शर्माले पार्टीगत तथा ब्यक्तिगत पहलमा यस्ता थुप्रै मानवीय कर्महरु गर्दै आएका छन् । उनकै पहलमा विभिन्न स्वास्थ्य समस्या झेलिरहेका २५ हजारभन्दा बढी विरामीको उपचारमा सहयोग तथा २ करोड ३० लाख भन्दा बढीको औषधि यसअघि सम्पन्न प्रथम स्वास्थ्य महोत्सवमार्फतमात्रै वितरण गरिएको थियो ।
त्यसो त आम निर्वाचन नजिकिदै गर्दा शर्माले झापा क्षेत्र नं–१ को विकास र समुन्नतिका लागि विभिन्न योजनाहरु बनाएका छन् । क्षेत्र नं–१ मा भूमि आयोगमार्फत भुमिहिनलाई धनिपूर्जा वितरण, प्रदेश सरकारमार्फत क्षेत्रका विभिन्न स्थानमा बाटो, पूल तथा कल्भर्टको बजेट निर्माण, उक्त क्षेत्रमा रहेका साना– ठुला खोला– खोल्सा र नदीहरुमा आवश्यकता अनुसार पुल– कल्भर्ट निर्माण, मानव–हात्ती द्वन्द्व ब्यवस्थापन गर्दै मानववस्ती एवं खाद्यान्न सुरक्षा उनका प्रमुख योजना हुन् ।
निरन्तर प्रयास गरिए पनि शिक्षा, स्वास्थ्यलगायतका मानवीय सेवालाई लक्षितवर्गसम्म पु¥याउन सकस हुनु, सामुदायिक शिक्षाको गुणस्तर वृद्धि, रिङरोड निर्माण र सञ्चालन, मुख्य गरी बुद्धशान्तिका ४ वटा वडा र मेचीनगरका ग्रामीण क्षेत्रमा पक्की सडक बिस्तार, एवं नयाँ रोड्को ट्रयाक खोल्ने, सुकुम्बासी समस्या समाधान, ब्यवस्थित शहरीकरण, भन्सार ब्यवस्थापन लगायत प्रमुख समस्याका रुपमा रहेका क्षेत्रका समस्यालाई संसदमार्फत उठाएर समाधानका लागि पहल गर्न उनी आतुर छन् ।
भौतिक विकासलाई मात्रै विकास सम्झने मनोविज्ञानलाई बदलेर सामाजिक रुपान्तरण गरी विकासको आधार तयार गर्ने भगिरथ प्रयत्न गर्ने शर्माको योजना छ । समग्र जिल्ला तथा मुलुकको जस्तै समान समस्या उक्त क्षेत्रमा पनि रहेकाले समाधानका लागि सकेसम्म पहल गर्ने उनी बताउँछन् ।
‘एउटा चुनाव जितिन्छ भन्दैमा गर्नै नसकिने कुरा म बोल्दिन,’ शर्मा प्राय अधिकांश कार्यक्रमहरुमा भन्छन्– ‘बोलेको कुरा पुरा गर्न नसकिने राजनितिकर्मी बन्नु छैन तसर्थ आश्वासन दिनेभन्दा पनि काम गरेरै परिवर्तन देखाउँछु ।’
कला, साहित्य, संगीत, एवं आइ।टीमा समेत विशेष दख्खल राख्ने, शर्माकै संयोजकत्वमा गठित समितिले तयार पारेको नेपाली कांग्रेसको घोषणापत्र समेत सार्वजनिक भइसकेको छ । जसमा युवाहरुलाई स्वदेशमै रोजगारी, उत्पादनमा बृद्धि, ‘३–७३’ अर्थात् ३ बर्ष मुनीका बालबालिका र ७३ बर्षमाथिका जेष्ठ नागरिकलाई निशुल्क उपचार, ६५ बर्षमा जेष्ठ नागरिक भत्ता, महिलालाई स्यानिटरी प्याड लगायतका जनमुखी कार्यक्रम अघि सारिएका छन् ।
त्यसो त पाँचबर्षभित्रमा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने, कृषि मल कारखानाको स्थापना, १२ लाख ५० हजारलाई रोजगारी, ४ सय के।भी। पूर्वपश्चिम प्रशारण लाइन सम्पन्न, विद्युतको उपयोग बढाउन विद्युतीय सवारी साधन र चुलोको प्रयोग बढाउने, तरकारी, फलफूल, माछा मासु, दूध, मसला र औद्योगिक बालीमा आत्मनिर्भर बनाउने, सुरक्षित आवास बृद्धि, पक्की सडक विस्तार लगायतका लोकप्रिय योजना अघि सारिएका छन् ।
त्यसो त यसअघि नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारी संहालेका शर्माकै पहलमा पार्टीलाई सूचनामैत्री बनाउँदै प्रविधिको पहुँचसम्म पु¥याउन पार्टीको वेभसाइड निर्माण गरी वेभसाइडमार्फत नै क्रियाशील सदस्य अपडेटदेखि समग्र सूचना हेर्न सकिने बनाएका छन्, जो इन्टरनेटको पहुँचमा भएका नागरिकले संसारभर हेर्न सक्नेछन् ।
नेपाली राजनीतिमा गहिरो प्रभाव र पहुँच राख्ने बहुप्रतिभाका धनी शर्मालाई संसदसम्म पु¥याउने जिम्मेवारी अहिले झापा क्षेत्र नं–१ का जनताको पहुँच र हातमा छ । सँधैजसो अतिथि नेताहरुलाई जिताएर विकासको प्रलोभन मात्रै पाइरहेका त्यहाँका जनताले यसपटक – स्थानीयलाई जिताएर उनको प्रभाव, पहुँच र क्षमताबाट झापा क्षेत्र नं–१ को भौतिक विकास र सामाजिक रुपान्तरणलाई आत्मसाथ गर्ने अवसर गुमाउनुहुँदैन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिपन्नका बैशाखी, बिकासमा बिश्वप्रकाश
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img