Homeसमाचारमहासंघ झापाको वार्षिक साधारणसभा

महासंघ झापाको वार्षिक साधारणसभा

बिर्तामोड । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अंकुश लगाउने काम गरेको भन्दै त्यसको विरोध गर्नु भएको हो ।
सञ्चार माध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदा हुँदै निर्वाचन आयोगले सञ्चार माध्यममाथि अंकुश लगाउने काम गरेको भन्दै अध्यक्ष पोखरेलले त्यसको विरोध गर्नु भएको हो ।
नेपाल पत्रकार महासंघ झापा शाखाको बार्षिक साधारणसभाको उद्घाटन गर्नु हुँदै अध्यक्ष पोखरेलले सञ्चार माध्यमले निर्वाचन आचारसंहिता उल्लंघनका विषयलाई लिएर जथाभावी रुपमा निर्वाचन आयोगले पत्र काट्दै स्पष्टीकरण सोध्ने गरेको र त्यस्तो काम तत्काल बन्द गरिनु पर्ने उहाँको भनाई छ । प्रेस काउन्सिल बाहेक राज्यका कुनै पनि निकायले सञ्चार संस्था र सञ्चारकर्मी माथि समाचार लेखेकै विषयलाई लिएर स्पष्टीकरण सोध्ने अधिकार नभएको अध्यक्ष पोखरेलको भनाई छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ १ नं. प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, केन्द्रीय सदस्य अमर खड्का, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
महासंघ झापाका शाखाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रममा पत्रकार महासंघ झापाको झण्डा लिएर हिमलुङ हिमाल आरोहण गर्ने फाटो पत्रकार शरद जोशीलाई सम्मान समेत गरिएको थियो ।
यसैबीच महासंघ झापा शाखाले प्रकाशन गरेको चौथो अङ्ग नामक बुलेटिन विमोचन गरिएको थियो । वुलेटिनको विमोचन कार्यक्रमका प्रमुख अतिथि पोखरेल , विशेष अतिथि घिमिरे लगायतले संयुक्त रुपमा गर्नु भएको थियो ।
साधारणसभामा महासंघका केन्द्रीय सदस्य इकवाल अहमद, प्रदेश समिति कोषाध्यक्ष बुद्धि लामिछाने विमल, अग्रज पत्रकार नकुल काजी, पूर्वअध्यक्षहरु गोविन्दचन्द्र छेत्री, केशव आचार्य, चिन्तामणि दाहाल, माधव विद्रोही, कृष्ण हुमागाई, भीम नेम्वाङ, तारामणि सापकोटा, रासस झापा प्रमुख विशेष अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी बल नेपाल २ नं. गणका सशस्त्र प्रहरी नायव उपरीक्षक नवराज बोहोरा, राष्ट्रिय अनुसन्धान झापाका उपअनुसन्धान निर्देशक तिलक प्रसाईं, नियोग झापाका अध्यक्ष डा. रुपक खनाल, अनारमनी पब्लिक क्याम्पसका अध्यक्ष राजकुमार पोखरेल, नेपाल भारत मैत्री संघ बिर्तामोडका पूर्वअध्यक्ष मोहन ढकाल, युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेल, नेपाल अलैंची व्यवसायी संघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, मारवाडी सेवा समिति बिर्तामोडका सहसचिव दिपक मित्तल लगायतको आतिथ्य थियो ।
कार्यक्रममा संस्थाका सचिव डिकेश लामाले सचिव र कोषाध्यक्ष रञ्जित प्रसाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव डिकेश लामा र सहसचिव राजु पाठकले संयुक्त रुपमा गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमहासंघ झापाको वार्षिक साधारणसभा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img