Homeसमाचारलोकतान्त्रिक बाम गठबन्धन क्षेत्र नं. १ र ३ को संयुक्त सभा

लोकतान्त्रिक बाम गठबन्धन क्षेत्र नं. १ र ३ को संयुक्त सभा

भद्रपुर २५ कात्तिक । नेपाली कांग्रेसका नेता तथा पुर्व महामन्त्री कृष्णप्राद सिटौलाले आसन्न निर्वाचनमा संविधान रक्षाका लागि गठबन्धनले जित्नैपर्ने बताएका छन् । लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समितिद्वारा चन्द्रगढीको ट्रेड युनियन चोकमा शुक्रबार आयोजित चुनावी प्रचार प्रसारको भेलालााई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
माओवादी केन्द्र, नेकपा समाजवादी (एस) संग कांग्रेसले गरेको गठबन्धन चुनावपछि पनि निरन्तर रहने बताए । मुलुकको आमुल परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा मात्र सफल भएको बताउँदै आफुले झापा क्षेत्र नं–३ बाट जनताका लागि जित्नैपर्ने उनको दावी थियो ।
नेता सिटौलाले राजेन्द्र लिङ्गदेनले मुलुकको परिवर्तनकारिका अभियान्ता गिरीजाप्रसाद कोईरालाल स्मृति सभाहल निर्माणका लािग कुनै चासो नदेखाएको बताउदै विगतको एमाले नेतृत्वको सरकारले झापा क्षेत्र नं ३ मा कुनै काम नगरको बताए ।
यसैगरी कांग्रेस महामन्त्री तथा झापा क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्यका प्रत्यासी बिश्वप्रकाश शर्माले देशमा सुशासन कायम गर्दै भ्रष्टचार नियन्त्रण गर्न गठबन्धनको जित आवश्यक रहको बताए ।
क्षेत्र नं. १ मा शिक्षा÷स्वास्थ्य लगायत दैनिकीसंग जोडिएका आधारभूत आवश्यकताका साथै विकास निर्माणका लगायतका काम गर्न आफू निर्वाचित हुन आवश्यक रहेको बताए ।
नेता शर्माले विगतको केपी ओलीको नेतृत्वमा रहेको सरकारका कारण मुलकले विभिन्न संघर्ष गरेर ल्याएको संविधान धरापमा पर्ने अवस्था आउँदा गठबन्धनले संविधानलाई जोगाएको उल्लेख गर्दै संविधानको रक्षा गर्दै समृद्ध नेपाल निर्माण गठबन्धनबाट मात्रै संभव हुने दावी गरे । कार्यक्रममा प्रदेश उम्मेदवारहरु क्रमशः श्यामबीर लिम्बु, गोपाल तामाङ्ग, सरिता प्रसाई भुमीप्रसाद राजबंशीलगायतले बोल्दै संविधानको संरक्षण र विकासका लागि गठबन्धनलाइ जिताउनु पर्नेमा जोड दिए ।
मोहन महर्जनको अध्यक्षता तथा पुकारचन्द्र राजबंशीको संचालनमा सम्पन्न कार्यक्रममको स्वागत पदम लिम्बुले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलोकतान्त्रिक बाम गठबन्धन क्षेत्र नं. १ र ३ को संयुक्त सभा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img