Homeसमाचारजिल्लास्तरीय प्रचार–प्रसार संयन्त्र गठन, संयोजकमा पूर्वेली

जिल्लास्तरीय प्रचार–प्रसार संयन्त्र गठन, संयोजकमा पूर्वेली

विर्तामोड १६ कात्तिक । लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त संयन्त्र झापाको आयोजनामा विर्तामोडमा सम्पन्न पत्रकारहरुको संयुक्त भेलाले जिल्लास्तरीय प्रचार–प्रसार संयन्त्र गठन गरेको छ ।
लोकतान्त्रिक बाम गठबन्धन संयुक्त संयन्त्रमा आबद्ध राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एस। का शुभेच्छुक एवं आबद्ध संस्थाका पत्रकारहरुको भेलाले नेपाल प्रेस युनियन झापाका अध्यक्ष पूर्वेलीको संयोजकत्वमा जिल्लास्तरीय प्रचार–प्रसार संयन्त्र गठन गरेको हो ।
गठित समितिको सहसंयोजकमा प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मी, समाजवादी प्रेस संगठनका अध्यक्ष अनिलदेव राई रहनुभएको छ भने सचिवमा पुष्प खड्का रहनुभएको छ । समितिका सदस्यहरुमा मुक्ति पौडेल, कृष्ण हुमागाई, लीलाराज झापाली, सन्तोष शर्मा र गिरिराज भट्टराई रहनुभएको छ ।
संयन्त्रले झापाका पाँचवटै क्षेत्रमा गठित संयुक्त गठबन्धन दल क्षेत्रीय प्रचार–प्रसार समितिसँगको समन्वयमा निर्वाचनलाई सभ्य, भब्य र निश्पक्षरुपमा सम्पन्न गर्दै गठबन्धनको पक्षमा मत परिणाम ल्याउने गरी प्रचारप्रसारलार्ई तीब्र बनाउने जनाइएको छ ।
यसैगरी सो भेलाले साहित्यमार्फत पनि गठबन्धनका उम्मेद्वारको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यले साहित्यकार पुण्यप्रसाद खरेलको संयोजकत्वमा जिल्लास्तरीय साहित्यिक संयन्त्र गठन गरेको छ । गठित समितिको सहसंयोजकमा रश्मिशेखर सुवेदी रहनुभएको छ । दुई सदस्यीय उक्त समितिले आवश्यकता अनुसार क्षेत्रगत प्रतिनिधित्व हुनेगरी सदस्यहरु थप गर्ने जनाइएको छ ।
लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त संयन्त्र झापाका संयोजक एवं नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेले नवगठित समितिलाई बधाई तथा शुभकामना दिदै पत्रकारहरुको पेशागत मर्यादा कायम राखेर अग्रगमन र प्रतिगमनबीचको चुनावी प्रतिष्पर्धामा अग्रगमनका पक्षमा कलम चलाउन आम पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
नेपालीहरुले धेरैपटक ब्यवस्था परिवर्तनका लागि संघर्ष गरेको ऐतिहासिक पृष्ठभूमि बताउँदै संयोजक पाण्डेले २०६२–०६३ को लोकतान्त्रिक आन्दोलनमा पत्रकारहरुले पनि एउटा दलसरह भूमिका निर्वाह गरेको धारणा राख्दै विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्दै जनहितमा काम गर्न कांग्रेस नेतृत्वको गठबन्धन दलका उम्मेद्वारहरुलाई जिताउन आम नागरिकसमक्ष आग्रह गर्नुभयो ।
संयन्त्रका सचिव राजु आचार्य अग्नीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा पत्रकारहरु गोविन्दचन्द्र छेत्री, लोकराज ढकाल, कृष्ण हुमागाई, राजेन्द्र गौतम, गिरिराज भट्टराई, लीलाराज झापाली, सन्तोष शर्मा, उद्वव पुरी, विनोद पाण्डे लगायतले विभिन्न सुझावहरु राख्दै निर्वाचनका समयमा पत्रकारहरुको झन् बढी जिम्मेवारी हुने उल्लेख गर्दै पत्रकार आचारसंहिता र पेशागत मर्यादाको पालना जरुरी रहेको धारणा राख्नुभयो । समाचारमा सन्तुलन जरुरी रहेको टिप्पणी गर्दै अधिकांश बक्ताहरुले पार्टीको मुखपत्र घोषणा गरिए मात्रै दलबिशेषका समाचार लेख्न पाइने अन्यथा आचारसंहिता बिपरित हुने हुँदा आचारसंहिता पालनामा जोड दिएका थिए ।
भेलामा नेकपा एसका झापा अध्यक्ष बेदराज रेग्मी, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव रेजिना गौतम, केन्द्रीय सदस्य सुशिला संग्रौला लगायत अग्रज र क्रियाशील पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजिल्लास्तरीय प्रचार–प्रसार संयन्त्र गठन, संयोजकमा पूर्वेली
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img