काठमाडौं । जबर्जस्ती करणीको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले निर्देशन दिएपछि महराले नैतिकताका आधारमा महरा राजीनामा दिएका हुन् ।
मंगलबारै सचिवालय बैठकले नैतिकताका आधारमा महरालाई राजीनामा दिन निर्देशन दिएको थियो। महरालाई सचिवालयले सांसद सचिवालयबाट समेत राजीनामा दिन निर्देशन दिएको छ ।संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी छिन्। आइतवार साँझ ती महिला कर्मचारी स्नेहा ९नाम परिवर्तन०ले सभामुख महरालाई तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी हुन्।
































































































