Homeसमाचारशक्तिशाली नियोजेल–९० बरामद

शक्तिशाली नियोजेल–९० बरामद

शनिश्चरे असोज। । प्रतिवन्धित नेकपा पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका पक्राऊ परेका कार्यकर्ताको बयानका आधारमा प्रहरीले झापाको अर्जुनधारा–१ सिस्नेबाट अत्यधिक विस्फोटक क्षमताको २५ किलो नियोजेल नाइन्टी बरामद गरेको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जमिनमुनी लुकाई राखेको अवस्थामा आइतबार साँझ उक्त विस्फोटक पदार्थ बरामद गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका डि.एस.पी. मोहन थापाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले उक्त विस्फोटक पदार्थ बरामद गरेको हो ।
यसअघि पक्राऊ परेका विप्लव कार्यकर्ताको बयानको आधारमा उक्त सामग्री बरामद गरिएको प्रहरीले पत्रकार भेटघाट गरी जानकारी दिइएको हो । उक्त विस्फोटक पदार्थ चियामा हाल्ने औषधि हो भनी लगभग एकमहिना अगाडि नै त्यहाँ भण्डारण गरेको खुलेको प्रहरीको दावी छ ।
विप्लव कार्यकर्ताले गत साउन २७ गते विर्तामोड नगरपालिका–८ स्थित वडा नं– ७, ८ र ९ को संयुक्त कार्यालय, गत भदौ २२ गते विर्तामोड नगरपालिका–२ चारपानेस्थित सहारा साकोसको निर्माणाधीन भवन, र सोही दिन गौरादह नगरपालिकाको बा.२.झ. २५७० नम्बरको स्कारपियो गाडीमा बम विस्फोट गराई क्षति पु¥याएका थिए ।
ती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भदौ ३० गते हल्दिबारी–५ का ४४ बर्षीय टिका पोखरेल, इलाम माङ्सेबुङ गाउँपालिका–१ का ३४ बर्षीय मनिष भनिने प्रविण मिश्र र मकवानपुर भिमफेदी गाउँपालिका वडा नं–२ निवासी २६ बर्षीय अनुल सारु मगरलाई विर्तामोड–४ स्थित उनीहरुको डेराबाट पक्राऊ गरेको पत्रकार भेटघाटमा वितरित विज्ञप्तिमा उल्लेख छ । प्रहरीले उनीहरुको साथबाट अवैध हतियार–२ थान र त्यसमा प्रयोग हुने ४ राउण्ड गोलीसमेत बरामद गरेको जनाएको छ ।
पक्राऊ परेका तिनैजना विरुद्ध जबरजस्ती चन्दा असुलीमा समेत संलग्न रहेको दावी गर्दै प्रहरीले उनीहरुविरुद्ध हातहतियार खरखजाना, राज्यविरुद्धको कसुर, विस्फोटक पदार्थ जवरजस्ती चन्दा असुली, संगठीत अपराध अन्तर्गत मुद्धा दर्ता गरी जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारशक्तिशाली नियोजेल–९० बरामद
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img