विर्तामोड १४ असोज । मोफसलमै केन्द्रीय कार्यालय रहेको विकासे वैंक एक्सल डेभलपमेन्ट बैंकले प्रदेशस्तरीय बन्न लक्ष अगाडि सारेको छ । उपभोक्ताको चाहना अनुरुप ३ प्रकृतिको बचत र एकप्रकारको कर्जा प्रवाह योजना लञ्चिङ गर्दै वैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले प्रदेशभर शाखा विस्तारको लक्ष रहेको बताउनुभएको हो ।
मंगलबार विर्तामोडस्थित टाइमलेस पार्टी प्यालेसमा आयोजित नया योजना सार्वजनिकीकरण कार्यक्रममा घर कर्जा अन्तर्गत सय प्रतिशतसम्म १०.९९ प्रतिशत ब्याजदरमा लगानी गरिने पोखरेलले जानकारी दिनुभयो । २०६२ सालमा २ करोड पूँजीबाट प्रारम्भ भएको एक्सलले हाल झापा, मोरङ, सुनसरी, पाँचथरसहितका पाँच जिल्लामा ३६ वटा शाखा सञ्चालन गरिरहेको र यसबर्ष ५ वटा जिल्लामा ९ वटा शाखा सञ्चालनको लक्ष लिइएको पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी आ.व.मा बाँकी ४ जिल्लामा शाखा खोल्ने वैंकको लक्ष छ ।
उहाँका अनुसार वैंकले भूतपूर्व सैनिक, कर्मचारी, प्रहरी र शिक्षकहरुलाई लक्षित गर्दै एक्सेल मेरो पेन्सन बचत खाता, परिवारकै वीमा सुरक्षा सुविधाका लागि एक्सेल हाम्रो सुरक्षा वचत खाता, र सार्वजनिक संस्थाहरुमा कार्यरत कर्मचारीलाई लक्षित गरी एक्सेल मेरो तलब बचत खाता मंगलबारबाटै सञ्चालनमा ल्याएको छ । तीमध्ये पेन्सन बचत खाता र तलब बचत खाता सून्य मौज्दातमा खोल्न सकिने वैंकका शिव पुरीले जानकारी दिनुभयो ।
एक्सेल हाम्रो सुरक्षा वचत खातामा भने सेवाग्राहीले १० हजार रुपैंयामा खाता खोलेपछि एककरोडसम्मको दुर्घटना तथा पूर्ण अशक्तता वीमा सुरक्षा, १८ प्रकारका घातक रोगविरुद्ध ४० लाखसम्मको वीमा सुविधा र १० लाख सम्मको औषधि उपचार वीमा सुविधा प्राप्त गर्नेछन् । बैंकले वीमा कम्पनीसँगको सहकार्यमा ल्याएको यो योजना प्रारम्भमा एक बर्षमात्रै लागू हुने पोखरेलले जानकारी दिनुभयो ।
यस खातामा भिजा डेविट कार्ड, र मोवाइल वैकिङमा ५० प्रतिशतसम्म छुटको ब्यवस्था समेत गरिएको उहाँले बताउनुभयो ।
विभिन्न आकर्षक योजनासहित अघि सारिएको मेरो तलव खातामा खाता खोल्ने सेवाग्राहीले भिजा÷डेविट कार्डमा ५० प्रतिशत छुट, ३ महिनासम्मको अग्रिम तलब कर्जा ६ महिनासम्म सामाजिक सुरक्षा कर्जा, ५ लाखसम्मको दुर्घटना तथा पूर्ण असक्तता वीमा सुविधा र तीनलाखसम्मको ९ घातक रोगका विरुद्ध वीमा सुविधा उपलब्ध गराउने आकर्षक योजना अघि सारेको कम्पनी सचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
वैंकले सेवाग्राहीको बचत सुरक्षाका लागि नेपाल राष्ट्र वैंकले तोकेको मापदण्ड अनुरुपको आइटी सुरक्षा प्रवाह गरिरहेको जानकारी दिदै पोखरेलले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय सुधार कार्यक्रम, एक्सेल छात्रवृत्ति योजना, हामीलाई पनि जाडो लाग्छ कार्यक्रम, सफा पानी तिम्रो लागि नानी लगायतका कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभयो ।
वैंकले हाल सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै रेमिट्यान्स, भिषा नेटकर्व अन्तर्गत एटिएमबाट निःशुल्क रकम निकाल्न सकिने, भिषा डेविट कार्ड, सेफ डिपोजिट लकर, क्यू.आर. कोड मार्फत भुक्तानी, स्मार्ट मोवाइल वैकिङ, अनलाई चेक क्लियरिङ, आइपिएस कनेक्ट, आस्वा–सि–आस्वा, ३६५ दिने वैकिङ काउन्टर लगायतका सेवा प्रवाह गर्दै आएको पनि पोखरेलले जानकारी दिनुभयो ।
प्रदेशस्तरको बैंक बन्ने एक्सेलको लक्ष
































































































