HomeFeatured 2झापा क्षेत्र नं.–४ का उम्मेद्वार थेबेद्वारा बिकास निर्माणको खाका प्रस्तुत

झापा क्षेत्र नं.–४ का उम्मेद्वार थेबेद्वारा बिकास निर्माणको खाका प्रस्तुत

कनकाइ २५ असोज । नेपाली काङ्ग्रेस झापाका सभापती एवं झापा क्षेत्र न ४ प्रतिनिधिसभाका प्रत्यासी उम्मेद्वार देउकुमार थेबेले उत्साहका साथ निर्वाचन केन्द्रिय कार्यक्रममा लाग्न गठबन्धन दलका सम्पूर्ण कार्यकर्ताहरुलाइ अनुरोध गर्नुभएको छ ।
झापा क्षेत्र नम्बर–४ को कनकाइमा आयोजित गठबन्धन दलका नेता–कार्यकर्ताको भेलालाइ सम्बोधन गर्दै उहाँले क्षेत्रको बिकासका योजना प्रस्तुत गर्नुभयो ।
समग्र झापा एवं क्षेत्र नम्बर–४ को बिकास निर्माणको खाका आफुहरुले बनाइसकेको बताउदै उहाले झापा कन्काइ सुकेडाँगी हुँदै दानाबारी जोड्ने सडक निर्माण गर्ने, महाभारा दोमुखा लारुम्बा सडक निर्माण गर्ने, धार्मिक तथा पर्यटकिय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गरी पर्यटक भित्र्याउने, झापा कन्काइ र शिबसतासीमा उद्योग स्थापना गर्न पहल गर्ने, शिबसतासीमा कृषिबिद्यालय स्थापना गर्ने, अन्तरास्ट्रिय रंगशाला निर्माण गर्ने लगायतका योजना प्रस्तुत गर्नुभएको हो ।
यसैगरी कन्काइ बिरिङ कमल बनयानी सन्का खोलालाई ब्यवस्थित तरिकाबाट तटबन्ध गरी जनताको जिउधनको रक्षा गर्ने लगायतका बिकासका योजना उहाले सुनाउनुभयो ।
नेपाली काङ्ग्रेस ४ नम्बर क्षेत्रीय सभापति जयनारायण साहको सभापतित्वमा सप्पन्न कार्यक्रममा क्षेत्र नम्बर–४ क्षेत्र नं.४ प्रदेस १ का प्रत्यासी उमेदवार नेकपा मावोवादी केन्द्रका पोलिट ब्युरो सदस्य झलकसिङ दर्लामी सन्देश, क्षेत्र नं.४ प्रदेस २ का प्रत्यासी उम्मेद्वार ने.का. महाअधिबेसन प्रतिनिधि एकराज उप्रेतीले पनि आ–आफ्नो प्रदेश क्षेत्रको बिकास योजना प्रस्तुत गर्नुभयो । एकीकृत समाजबादी पार्टीका केन्द्रिय सल्लाहकार सदस्य नारायणसिङ राजवंशी, भिम राजवंशी , भक्ती सिटौला , किरण भट्टराई , उत्तम चम्लगाइ , रुद्र बजगाइ , महेन्द्र भट्टराई लगायतको आतिथ्य रहेको थियो ।
गठबन्धनमा आवद्ध कार्यकर्ताको भेलाले नेपाली काङ्ग्रेस झापा क्षेत्र न ४ का क्षेत्रीय सभापती जयनारायण साहाको नेतृत्वमा सबै दलको प्रतिनिधित्वमा ५००१ सदस्यीय निर्वाचन परिचालन एव प्रचार प्रसार समिती गठन गरेको नेपाली काङ्ग्रेस झापाका सदस्य याम भुजेलले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापा क्षेत्र नं.–४ का उम्मेद्वार थेबेद्वारा बिकास निर्माणको खाका प्रस्तुत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img