HomeFeatured 2साना मझौला साकोसद्वारा पत्रकारसहित दर्जनौलाई सम्मान र पुरस्कार

साना मझौला साकोसद्वारा पत्रकारसहित दर्जनौलाई सम्मान र पुरस्कार

बिर्तामोड १२ असोज। झापाको बिर्तामोड–१ मा मुख्य कार्यालय रहेको साना मझौला ब्यवसायी बचत तथा ऋण सहकारी संस्थाले संस्थाको १२ औं बार्षिक साधारणसभाको अवसरमा एक पत्रकारसहित दर्जनौलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
संस्थाले बुधवार (आज) बिर्तामोडमा साधारणसभा आयोजना गरी पत्रकार रेजिना गौतमसहित संस्थाका उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ठ ऋणी, संस्थाको स्थापनाकालदेखि साथ सहयोग गर्ने संस्थापक सदस्यलगायतलाई सम्मान गरेको हो । उनीहरुलाई नगदसहित सम्मानपत्रले कार्यक्रमकी प्रमुख अतिथि तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईले सम्मान गर्नुभएको हो।

No description available.


उत्कृष्ट बचतकर्ताका रुपमा हनुमानदास अग्रवाल, बुद्धकुमारी चौहान, खिलनाथ गुरागाई र हिमा खतिवडा, उत्कृष्ट ऋणी, रत्नबहादुर माझी, सिविल राजवंशी, जानकी मुखिया र ज्वाला इम्बुङ, संस्थापक सदस्यहरु कल्पना बस्नेत, गुरुप्रसाद मैनाली, सावित्राकुमारी लिम्बु, सरस्वती थापा बस्नेत, तारादेबी बस्नेतलाई नगदसहित सम्मान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट कर्मचारीका रुपमा चन्द्रकला चुडाल सिटौला, रामनाथ पोखरेल, शुष्मा थापा र सुदिप बस्नेत, शिक्षातर्फ मनोलीसा दर्जी, उत्कृष्ठ बाल बचतकर्ताहरु मान्यता श्रेष्ठ, आयुस अधिकारी, स्वतिका गड्तौलालगायतलाई नगदसहित सम्मान गरिएको हो ।

No description available.
उत्कृष्ठ बालबचत कर्ता


संस्थाकी अध्यक्ष देबीका निरौला बस्नेतको अध्यक्षतामा भएको साधारणसभामा बिर्तामोड नगर प्रमुख प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । संस्थाका उपाध्यक्ष रामलोचन न्यौपानेले स्वागत गरेको कार्यक्रममा बिर्तामोड नगर सहकारी अधिकृत डिल्ली दाहाल, जिल्ला सहकारी संघ झापाका सदस्य केशव बस्नेत, नयाँ उज्यालो साकोसकी अध्यक्ष शुष्मा पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव चन्द्रकुमार भट्टराईले गर्नुभएको थियो ।

साना मझौला व्यवसायीको शेयर पूँजी ६ करोड ८९ लाख बढी


साना मझौला ब्यवसायी बचत तथा ऋण सहकारी संस्थाको शेयरपुँजी ६ करोड ८९ लाख ६० हजार १०० रुपैयाँ रहेको छ । संस्थाको १२ औं बार्षिक साधारणसभामा अध्यक्ष देवीका बस्नेत तथा निरौलाद्वारा प्रस्तुत प्रतिवेदन अनुसारअनुसार आर्थिक बर्ष २०७८/०७९ सम्ममा शेयरपुँजी ६ करोड ८९ लाख ६० हजार १०० रुपैयाँ रहेको छ भने शेयर सदस्य संख्या ४ हजार १४ जना रहेका छन् । त्यस्तै बचत निक्षेप २३ करोड १ लाख ३९ हजार ८८४, कोषको अवस्था ८८ लाख १७ हजार १५० रुपैयाँ ५३ पैसा, कर्जा स्थिति २८ करोड १८ लाख ७१ हजार ९०५, कारोवारको अवस्था ३२ करोड ८६ लाख ३७ हजार ७२४ रुपैयाँ ४० पैसा र आव २०७८/०७९ मा ५३ लाख १० हजार ३ रुपैयाँ ८८ पैसा नाफा गर्न सफल भएको अध्यक्ष बस्नेतद्धारा साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2साना मझौला साकोसद्वारा पत्रकारसहित दर्जनौलाई सम्मान र पुरस्कार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img