Homeसमाचारकालीस्थानमा जलाशययुक्त शिव प्रतिमा

कालीस्थानमा जलाशययुक्त शिव प्रतिमा

कालीस्थान १२ असोज । अर्जुनधारा नगरपालिका–९ कालीस्थान चोकनजिकै रहेको धार्मिक एवं पर्यटकीय क्षेत्र कालिकापीठ कालीस्थानमा नवनिर्मित जलाशययुक्त शिवप्रतिमा को बुधबार आयोजित एक कार्यक्रमका बीच अनावरण गरिएको छ ।
विर्तामोडका प्रतिष्ठित ब्यवसायी एवं सामाजिक/धार्मिक ब्यक्तित्व छविलदास वंशलले निर्माण गरिदिनुभएको पानीको फोहोरासहितको जलाशययुक्त शिवप्रतिमाको कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन, निर्माणकर्ता वंशल एवं पीठका अध्यक्ष ज्योतिषी पण्डित लक्ष्मीप्रसाद पोखरेलले संयुक्त रुपमा अनावरण गर्नुभएको हो ।


शिवप्रतिमा अनावरण कार्यक्रमका बीच निर्माणकर्ता छविलदास वंशललाई सम्मानपत्र, दोसल्ला र टोपी पहि¥याएर सम्मान गरिएको थियो । सम्मानपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोम्देनले धर्मपालनाले मानिसलाई अनुशासित बनाउने र अनुशासनले मात्रै ब्यक्तिलाई गन्तब्यसम्म पु¥याउने बताउनुभयो ।
राजनीतिको नेतृत्व गर्ने ब्यक्तिहरुमा पनि धर्म र अनुशासनको कमी रहेको बताउँदै उहाँले धर्मप्रति आस्थावान मानिसले नीतिगत एवं आर्थिक भ्रष्टाचार नगर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा कालिकापीठ कालीस्थानका प्राचार्य आचार्य रघुनाथ रिजाल, दानदाता परिवारका तर्फबाट सुरेश बंशल, अर्जुनधारा नगरपालिका वडा नं–९ का वडाध्यक्ष भिष्म मिश्र, वडा नं–१० का वडाध्यक्ष भुपेन्द्र न्यौपाने, लगायतले मन्तब्य राख्दै धर्मप्रतिको आस्था, विश्वास र श्रद्धाले मानिस सफल हुने विश्वास ब्यक्त गर्नुभयो । आफूले गरेको सामाजिक काम, दानदातब्य र सत्कर्मले मात्रै मृत्युपश्चात पनि आफूलाई जिवित राख्ने धारणा राख्दै बक्ताहरुले पीठको विकासका सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कालिकापीठका अध्यक्ष ज्यो. पं. लक्ष्मीप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष डिल्लीराम दाहाल र सञ्चालन इन्दु पूर्वेलीले गर्नुभएको पीठका सचिव भोलानाथ पोखरेलले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकालीस्थानमा जलाशययुक्त शिव प्रतिमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img