Homeसमाचारखानेपानीमा राजनीति नगर्न सुझाव

खानेपानीमा राजनीति नगर्न सुझाव

विर्तामोड ७ असोज । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष टोरुप प्रसाईले सामाजिक संस्थाहरुमा आर्थिक लालचको गन्ध आए जनताले नपत्याउने बताउनु भएको छ ।
विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १८ औं बार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथि प्रसाईले विर्तामोड खानेपानीको आर्थिक कारोवार एकदमै राम्रो रहेको आफूले पाएको उल्लेख गर्दै संस्थामा आर्थिक पारदर्शिता र इमान्दारिता सबैभन्दा महत्वपूर्ण हुने धारणा राख्नु भयो ।
विर्तामोड खानेपानी आयोजना देशभरमा सञ्चालित आयोजनामध्येकै उत्कृष्ट भएपनि महिनाभर चलाएको पानीको २÷३ सयको बिल समेत बक्यौता देखिनु दुःखद भएको बताउँदै महसुल बुझाएर जिम्मेवार उपभोक्ताको पहिचान दिन सुझाव दिनुभयो ।
अन्य ठाउँका नगरपालिका र खानेपानी आयोजना मिलेर काम गर्दा सहज भएको बताउँदै विर्तामोडमा पनि नगरपालिका र खानेपानी आयोजना मिलेर काम गरे त्यसको प्रतिफल जनताले नै पाउने धारणा राख्नु भयो ।
अधिवेशन साधारण सभा समेत रहेको उक्त साधारण सभालाई सम्बोधन गर्दै संस्थाका पूर्व अध्यक्ष समेत रहेको प्रसाईले नेतृत्वका कारण खानेपानी धरासायी हुने बताउँदै आगामी कार्यकालका लागि सक्षम नेतृत्व छान्न सुझाव दिनुभयो । निर्वाचन शुद्ध हुनुपर्नेमा जोड दिंदै प्रसाईले खानेपानीमा राजनीति नगर्न आग्रह पनि गर्नुभयो ।
विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाई, खानेपानीका पूर्व उपाध्यक्ष लोकबन्धु कन्दङ्वा, सल्लाहकार हर्कलाल गिरी, नेकपा नगरअध्यक्ष ज्ञानुराम प्रसाई, विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, चारआली खानेपानी संस्थाका अध्यक्ष लाल थेवे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उपाध्यक्ष पर्शुराम सिटौलाले स्वागत र सचिव मेघराज बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष गुरुङ, आर्थिक प्रतिवेदन राधा सुब्बा र मोहन शिवाकोटी, लेखा प्रतिवेदन दिलिप शर्माले प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा समयमै महशुल बुझाउने ज्येष्ठ सदस्यद्वय मोहनलाल प्रसाई र ललिता डालमिया, उत्कृष्ठ कर्मचारीका रुपमा कम्प्युटर अपरेटर मिना मगरलाई सम्मान पत्र, दोसल्ला र नगदसहित सम्मान गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारखानेपानीमा राजनीति नगर्न सुझाव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img