Homeसमाचारमिलनसारको १० औं बार्षिक साधारणसभा सम्पन्न

मिलनसारको १० औं बार्षिक साधारणसभा सम्पन्न

अध्यक्षमा पुनः बास्कोटा

विर्तामोड । विर्तामोडस्थित मिलनसार बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः लक्ष्मीप्रसाद बास्कोटा चयन हुनु भएको छ ।
समितिको उपाध्यक्षमा अजयकुमार देव, सचिवमा दिनोज शर्मा बजगाँई, सहसचिवमा टिका खनाल र कोषाध्यक्षमा पूण्यप्रसाद रिजाल चयन हुनुभएको छ ।
त्यस्तै समितिको सदस्यहरुमा शुशिलकुमार अग्रवाल, ज्ञाननाथ सिटौला, युवराज भट्टराई, मानकुमार श्रेष्ठ, शारदा पोखरेल पाण्डे र मिरा पाण्डे उप्रेती रहनु भएको छ ।
सहकारीको लेखा समितिको संयोजकमा चन्द्रप्रकाश बास्कोटा चयन हुनुभएको छ भने सदस्यहरुमा लक्ष्मण शिवाकोटी र मनिता भट्टराई रहनु भएको छ ।
विभिन्न विधाका उत्कृष्टलाई सम्मान गर्दै १० बार्षिक साधारणसभा सम्पन्न गरेको छ।
नवनिर्वाचित सञ्चालक समितिको संस्थाको १० औं बार्षिक साधारणसभामा पदस्थापन गरिएको छ ।

संस्थाका अध्यक्ष बास्कोटाको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ठ कर्मचारीका रुपमा अस्मिता ओली, शेयर सदस्यका सन्ततीमध्ये एईई उत्कृष्ठ नारायण खड्का र सुस्मिता माझी, ज्येष्ठ सदस्य टंकमाया रेग्मी, उत्कृष्ट बचतकर्ताहरु देवराज बराल, पूजा चौधरी र सोनु अटो,

उत्कृष्ठ ऋणीहरु समिता श्रेष्ठ, यशोमती राई र दिलबहादुर लिम्बूलाई सम्मान गरिएको थियो । सम्मानितलाई सम्मानपत्रसहित प्रमुख अतिथि, विशिष्ट अतिथि तथा संस्थाका अध्यक्षले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाईले बद्नियत नराखी इमान्दारिता पूर्वक संस्था संचालन गरे सहकारीले सदस्यको आर्थिक अवस्था परिवर्तन ल्याउन सक्ने बताउदै बचत र ऋणमा मात्र सिमित नरही उत्पादनमुलक कार्यमा समेत लाग्नु पर्नेमा जोड दिनुभयो।
त्यस्तै विर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले सहकारी मर्जको अवस्था अझ बढेर गएको बताउँदै विना धितो २ लाख भन्दा बढी रकम लगानी नगर्न सुझाव दिनुभयो । सरकारले जारी गरेको सहकारी ऐन कार्यान्वयनमा जोड दिंदै दाहालले पाँच करोड भन्दा बढी व्यालेन्स सिट भएका सहकारीले को–को मिसमा अनिवार्य डेटा अपडेट गर्नुपर्ने भन्दै सहकारी क्षेत्रमा आएका नयाँ प्रावधानबारे जानकारी दिनुभयो ।
सो अवसरमा जिल्ला सहकारी संघ झापाकी सदस्य तुलसा कुँवर, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव लिलाप्रसाद भण्डारी, विर्तामोड नगरपालिका वडा नं–५ का सदस्य डिआर कडरिया, नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शुष्मा भण्डारी, साना मझौला सहकारीको रामलोचन न्यौपाने, बुद्धनगर साकोसका युवराज प्रसाई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
संस्थाका अध्यक्ष बास्कोटाले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा अजय देवले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कैलास पोखरेलले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमिलनसारको १० औं बार्षिक साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img