Homeसमाचार‘चिहान ब्युताउने काम स्वीकार्य हुँदैन’

‘चिहान ब्युताउने काम स्वीकार्य हुँदैन’

विर्तामोड । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्रले अझै पनि खुट्टा टेकी नसकेको बताउनु भएको छ ।
नेकपा झापाद्वारा संविधान दिवसको अवसरमा विर्तामोडमा आयोजित जनसभालाई सम्बोधन गर्दै रक्षा मन्त्री समेत रहनु भएका पोखरेलले संघीय संरचना अनुसार आवश्यक कानून, नीति र संरचना निर्माण गरेर संविधानले परिकल्पना गरेको संघीय संरचनाको जग हाल्ने काम भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले जनभावना अनुसार जनताका प्रतिनिधिले बनाएको संविधानमाथि गरेको टिप्पणी अर्थहिन हुने बताउनु भयो ।
संविधान विरोधी तत्वले राजालाई नयाँ ढंगले सिंगार पटार गरेर राजतन्त्र ब्युँताउने कुरा कहिले पनि पूरा नहुने बताउँदै भन्नुभयो–‘राजतन्त्रलाई चिहानबाट उठाएर ब्युँताउने काम नेपाली जनतालाई कुनै पनि हालतमा स्विकार्य हुँदैन ।’
राजतन्त्र फर्काउनु पर्छ भन्नेहरुलाई हिजोको दिन फर्काउने दिवा स्वप्न नदेख्न चेतावनी समेत दिनुभयो ।
फरक प्रसंगमा सरकार भ्रष्टाचार मुक्त देश बनाउन लागेको दावी गर्दै अहिले देखिएको भ्रष्टाचार हिजोकै भएको उहाँको प्रष्टोक्ति थियो ।
सेवा प्रवाहमा ढिलाई गर्ने कसैले पनि छुट नपाउने बताउँदै उनले भने–‘हिजो कानून अभावमा स्वार्थको पापड बेले अब त्यस्तो सपना कसैले नदेखे हुन्छ ।’
नेकपा जिल्ला अध्यक्ष चिन्तन पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा स्थायी कमिटि सदस्य हरिबोल गजुरेल, भिम आचार्य, देवराज घिमिरे, संघीय सांसद राम कार्की, धर्मशिला चापागाँई, प्रदेश सांसद जशमाया गजमेर लगायतले बोलेका थिए । रविन कोइरालाले स्वागत गरेको कार्यक्रमको सञ्चालन मणिकुमार साङपाङ राईले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘चिहान ब्युताउने काम स्वीकार्य हुँदैन’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img