Homeसमाचारठेकेदारले पुन पिच गरिदिएपछि सुरुङ्गाबासी खुसी

ठेकेदारले पुन पिच गरिदिएपछि सुरुङ्गाबासी खुसी

सुरुङ्गा २८ असार । प्राविधिक रुपमा समस्या भएको भन्दै ठेकेदार कम्पनीले बनाएको पिच पनि उक्काएर पुन पिच गरिदिएपछि यहाँस्थित सुुरुङ्गाबासी खुसी भएका छन । यहाँस्थित झापाको कनकाई नगरपालिका ३ मा शनिवार रातभर गरेको सडक पिच गुणस्तरहिन भएको पाइएपछि ठेकेदार संजिव थेबे र अलकत्र कम्पनीका संचालक डम्बर फुयाँल, हरि भट्टराईको टोली आफै लागेर बनिसकेको पिचपनि पुन उत्काएर पुुन पिच गरेका हुन । काम गर्ने क्रममा गल्ती सबैबाट हुुन्छ हाम्रा काम गर्ने कामदारले अलकत्राको प्लाण्टमा असावधानी गरिदिदा पिचलाई पुन निर्माण गनुुपर्यो हामीलाई यस कामलाई पुुन गर्नुुपदा आफुुहरुलाई २५ लाख रुपैँया थप व्यायभार भएपनि स्थानीय बाटो भएकोले काममा कुनै सम्झौता नगरेको सडक निर्माण कम्पनीका ठेकेदार संदिप थेबेले बताउँनुुभयो ।
हामीले त यसरी ठेकेदारले बनाइसकेको बाटो पनि पुन उक्काएरै पुुरै पिच हुुन्छ भनेर सोचेकै थिएनउ अब पिच राम्रो भयो ठेकेदारलाई दोष दिने ठाउँ छैन स्थानीय पदमप्रसाद मैनालीले भन्नुुभयो । आफुु नोक्सान व्यहोरेर भएपनि घरको बाटो राम्रो बनाइदिएकोमा स्थानीय सुुनिल भेटवाल र हरि सिटौलाले पनि ठेकेदार कम्पनीलाई धन्यावाद दिनुभयो । कनकाई नगरपालिका ३ सुुरुङ्गा खोला पुुल हुुदै कनकाई नगरपालिका ४ को सिमासम्मको १९ सय मिटर पंञ्चायात मार्ग यहि असार मसान्तमा सक्नेगरि एसए एस कन्स्ट्र«सन प्रालि विराटनगरले ३ करोड ४१ लख २१ हजार ८ सय ७९ रुपैँयामा ठेक्का पारेको हो । शहरी विकास तथा भवन निर्माण कार्यालयले उक्त ठेक्का लगाएको हो ।
उक्त सडकको स्थानीय पेटी ठेकेदार भने मिराकहाङ्ग निर्माण सेवा सुरुङ्गा रहेको छ । उक्त सडकमा लगाइएको म्याटिरियल समेत कनकाई नगरपालिका ५ मै बनाइएको हुदा आफुुहरुले गाउँको सडकमा कुुनै सम्झौता नगर्ने संचालकद्धय डम्बर फुयाँल र हरि भट्टराईले बताउँनुुभयो । फेरिपनि समस्या आएको खण्डमा हामी जतिवेला पनि सच्याउन तयार छौ फुुयाँलले भन्नुुभयो । साथै आफुुहरुले गरेको काममा कमजोरी देखाइ दिएको भन्दै स्थानीयबासी र पत्रकारलाई फुयाल र भट्टराईले धन्यावाद समेत दिएका छन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारठेकेदारले पुन पिच गरिदिएपछि सुरुङ्गाबासी खुसी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img