HomeFeatured 2विद्युत जडानका लागि व्यापारीलाई सिफारिस दिन संघको माग

विद्युत जडानका लागि व्यापारीलाई सिफारिस दिन संघको माग

बिर्तामोड ४ असार । कृषिथोक बजारको उत्तरतर्फका ब्यापारी–व्यवसायीलाई विद्युत जडानका लागि सातदिन भित्रमा सिफारिस उपलब्ध गराउन बिर्तामोड उद्योग वाणिज्यले नगरपालिका समक्ष माग गरेको छ ।
अहिलेको समयमा अपरिहार्य भएको विद्युत उपलब्धताका लागि नगरपालिकामा व्यापारी व्यवसायीले पटक पटक निवेदन दिएर अनुरोध गर्दा पनि नपाएपछि व्यापारीहरुको छाता संगठन उद्योग वाणिज्य संघले व्यापारीको माग सम्बोधन गर्न नगरपालिका समक्ष माग गरेका हो ।
बिर्तामोड उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गरी व्यवसायीका माग र आगामी कार्यक्रमबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जीवन यापनका लागि अपरिहार्य आवश्यकताका रुपमा रहेको विजुली बत्ती जोड्नका लागि नगरपालिकाले सिफारिस नदिनु विडम्बना भएको बताउनु भयो ।
कृषिथोक बजार उत्तरमा भौतिक संरचना निर्माणका सम्बन्धमा संरचना निर्माणमा व्यवसायीको कुनै अवरोध नहुने बताउँदै अहिले व्यवसाय गरिरहेका व्यापारी व्यवसायी पुनः त्यही स्थापित हुने नगरपालिकाले प्रतिवद्धता आउनुपर्ने बताउनु भयो ।
संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले नगरपालिकाले व्यापारीहरुको मागलाई बेवास्ता गरेको आरोप लगाउनु भयो । राज्यलाई कर तिर्ने व्यापारीले विद्युत जडान गर्न नगरपालिकाबाट मिटर जडानका लागि सिफारिस नगरपालिकाको नेतृत्वले अनागरिक भनेको दावी गर्दै न्यौपानेले प्रश्न गर्नुभयो–‘हिजो भोट दिंदा नागरिक, आज सिफारिस माग्दा कसरी अनागरिक ।’
महिला उपाध्यक्ष नैनकला भट्टराईले करेसो जोडिएका व्यापारी महिलाहरुले दुःख खेपेर दुःखजिलो गर्दै घर व्यवहार चलाई रहेको स्पष्ट पार्नुभयो । मेयर पनि महिला नै हुनुहुन्छ, उहाँको करेसो जोडिएको छ, कृषिथोकका व्यापारी महिलाहरुका लागि सुरक्षित शौचालय, खानेपानी विजुली सबै असुविधा भोगिरहेका छन्, उनीहरुको माग सम्बोधन गर्नुपर्नेमा त्यो गर्दिन भन्नु सान्दर्भिक नहुने बताउनु भयो ।
सह-कोषाध्यक्ष राधिका चुडालले अहिले विजुली माग गरिएका व्यापारीलाई अनागरिक भन्नु दुःखद भएको बताउँदै सो क्षेत्रमा व्यापार गर्ने विर्तामोड ४/५ र अर्जुनधाराका नागरिक रहेको प्रष्ट्याउनु भयो ।
पत्रकार भेटघाटमा निवर्तमान अध्यक्ष कुमार भट्टराईले व्यवसायीका मागलाई अवमूल्यन गर्नु नहुने बताउनु भयो ।
त्यस्तै विशाल थापाले वाणिज्य संघलाई कमजोर नठान्न सुझाउनु भयो छ । पत्रकार सम्मेलनको सहजीकरण तथा नगरमा संघका तर्फबाट यसअघि बुझाइएको ज्ञापन पत्र वाचन संघका सचिव कुशल खतिवडाले गर्नुभएको थियो ।
सामाजिक व्यक्तित्व स्व. रामबाबु प्रसाईले बुधबारे हटियाका लागि दिएको जमिनमा नगरपालिकाले सपिङ कम्प्लेक्स र पार्किङस्थल निर्माण गर्ने तयारी गरेको भन्दै सो क्षेत्रमा व्यापार व्यवसायका लागि भौतिक संरचना निर्माण गर्नु राम्रो भएपनि पार्किङस्थल बनाउनका लागि दाताले जमिन नदिएको बताएका छन् । व्यापारीक भवन बनाउँदा पनि अहिले व्यवसाय गरिरहेका व्यापारीहरु निर्माणाधिन समयमा स्थानान्तरण भएपनि भवन सम्पन्न भएपछि सोही ठाउँमा स्थापित हुने प्रतिवद्धता नगरपालिकाले गरे संघले सकारात्मक भूमिका खेल्ने जनाए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2विद्युत जडानका लागि व्यापारीलाई सिफारिस दिन संघको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img