भद्रपुर १ असार । समय सापेक्ष आफुहरुको तलब बृद्धिको माग गर्दै नेपाल विद्यालय कर्मचारी परिषद भद्रपुर नगर समिति झापाले भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेललाई ज्ञापन पत्र बुझाएका छन् ।
शिक्षक महांसघ भद्रपुर अध्यक्ष गणेश गिरी, परिषद्ष भद्रपुर अध्यक्ष करकचन्द्र राजबंशी लगायतका भद्रपुरका ३१ वटै सामुदायिक विद्यालयमा कार्र्यरत कर्मचारी तथा सहायक कर्मचारीहरुले बुधवार नगरप्रमुख पोखरेलको कार्यकक्षमा पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।
उपस्थित कर्मचारीहरुले आफुहरुलाई प्राप्त हुने मासिक १५ हजार तलब अत्यन्त कम भएको भन्दै प्रावि तह वा खरिदार सो सरहको तलब बृद्धि गर्न माग गरिएको उल्लेख छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख पोखरेलले कर्मचारीका माग प्रति नगरपालिका अत्यन्त संवेदनशिल भएको बताउदै नगरपालिकालाई मात्र प्राप्त बजेटले तलब बृद्धिमा कम हुने भएकोले संघीय सरकार र प्रादेशिक सरकारसंग समेत आफुले थप बजेटका लागि पहल गरिरहेको बताउनु भयो ।
उहाँले पहिलो चरणमा १० प्रतिशतसम्म र बाँकी क्रमशः बढाउदै लगेर समेत मागलाई पूर्ण रुपमा सम्बोधन गरिने बताउदै आफुले माग सुनुवाई गर्न यस अगाडीबाटै सरोकारवाला निकायसंग बारम्बार छलफल गरिरहेको समेत बताउनु भयो ।
शिक्षक महासंंघ भद्रपुर अध्यक्ष गिरीले आफुहरुले कर्मचारीहरुको तलबबृद्धिको पटक पटक माग संबोधनकमा लागि पहल गरे पनि विगतको नगर प्रमुखले बेवास्था गरेको बताउनु भयो । सो अबसरमा बाल शिक्षिका भद्रपुर नगर संघर्ष समति अध्यक्ष तारा मैनालीले समेत आफुहरुको तलब २२ हजार मासिक पुर्याउन माग गर्दै ज्ञापन पत्र दिनु भएको थियो ।
तलब बृद्धिको माग गर्दै नगरप्रमुखलाई विद्यालय कर्मचारीको ज्ञापन

































































































