काँकरभिट्टा ३१ जेठ । लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धुलाबारी, लागु औषध नियन्त्रण व्युरो काकरभिट्टा र प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलिले जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. १२ का २४ बर्षीय सुरज मेचे र सोही स्थानका २२ बर्षीया जीवन सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
शंका लागि चेक जाँच गर्दानिजको साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ८ ग्राम ५२ मिलि ग्राम, ७३,००० नगदसहित, १ थान मोबाईल, १ डिजिटल मिनी तराजु सहित मेचे र सार्कीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो ।
नगद र लिसाईलो पदार्थसहित दुईजना प्रहरी नियन्त्रणमा

































































































