बिर्तामोड २ असार । झापाको झापा गाउँपालिका–३ कल्लामारीस्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जना मोटरसाईकल चालकको मृत्यु भएको छ ।
हिजो दिउँँसो सवा २ बजे मे. १ त ४४१८ नम्बरको ट्याक्टरले मे . ११ प २८२२ नम्वरको मोटरसाईकललाई ठक्कर दिइ दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २० बर्षीय अख्तर अलिको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । उक्त ट्रयाक्टर र चालक प्रबिज आलम इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेका छन् ।
ट्याक्टरको ठक्करबाट एकको मृत्यु

































































































