Homeसमाचारप्रेस युनियन झापाको साधारणसभा सम्पन्न दुईपत्रकारसहित १२ जनालाई पुरस्कार र सम्मान

प्रेस युनियन झापाको साधारणसभा सम्पन्न दुईपत्रकारसहित १२ जनालाई पुरस्कार र सम्मान

बिर्तामोड २१ जेठ । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच दुई पत्रकारसहित १२ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
नेपाल प्रेस युनियन झापा शाखाको बार्षिक साधारणसभा, पुरस्कार वितरण, सम्मान तथा शुभकामना कार्यक्रममा पत्रकार गोविन्दचन्द्र छेत्री, र जोस्ना श्रेष्ठसहित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, पुरस्कार अक्षयकोषका दाता तथा संस्थाले पत्रकारहरुको बृहत्तर हित तथा बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको ‘नेपाल प्रेस युनियन पत्रकार अक्षयकोष’ बृद्धिका लागि सहयोग गर्ने दातालाहरुलाई सम्मान गरिएको हो ।
नेपाल प्रेस युनियन झापा शाखाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षता तथा प्रदेश सरकारका भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद यज्ञप्रसाद र सकुन्तला पाठकले दिवंगत बुबाआमा टंकप्रसाद रमादेवी पाठकको स्मृतिमा स्थापना गरेको टंकप्रसाद–रमादेवी पाठक स्मृति पत्रकारिता पुरस्कारबाट भद्रपुरबाट प्रकाशित नयाँ सन्दर्भ साप्ताहिकका सम्पादक गोविन्दचन्द्र छेत्री, तथा उहाँहरुकी छोरी ज्वाईँ टीकादेवी–कृष्णकुमार संग्रौलाले प्रेस युनियनमा स्थापना गरेको रमादेवी–टंकप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो विराटमा कार्यरत जोस्ना श्रेष्ठलाई पुरस्कृत गरिएको छ । यसैवर्षदेखि वितरण प्रारम्भ गरिएको पुरस्कारको राशी जनही ११ हजार एकसय रुपैयाँ नगद, सम्मान पत्र र दोसल्लाद्वारा पत्रकारद्वयलाई पुरस्कृत गरिएको हो । पुरस्कृत प्रतिभाकाे व्यक्तित्वबारे पुरस्कार छनाैट समितिमा संयाेजक लाेकराज ढकालले प्रकाश पार्नु भएकाे थियाे ।
त्यसैगरी अक्षयकोषका दाताहरु शिव कँडेल, पार्वता खरेल विमली, गंगाप्रसाद मैनाली, कृष्ण गिरी लगायतलाई सम्मान गरिएको कार्यक्रममा पुरस्कार अक्षयकोषका दाता यज्ञप्रसाद–सकुन्तला पाठक, टीकादेवी –कृष्णकुमार संग्रौलालाई सम्मान गरिएको थियो ।


कार्यक्रममा स्थानीय तहमा निर्वाचित गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी, झापा गाउँपालिकाकी उपाध्यक्ष अन्जु थपलियासहितलाई दोसल्ला ओढाएर सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको थियो । पुरस्कृत र सम्मानित सबैलाई प्रमुख अतिथि सरावगीसहित अतिथिहरुले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सरावगी, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी, झापा गाउँपालिका उपाध्यक्ष अञ्जु थपलिया, नेपाल पत्रकार महासंघ प्रदेश १ का कोषाध्यक्ष विमल लामिछाने, पुरस्कृत प्रतिभा तथा प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्री, नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटी, पुरस्कार अक्षयकोषका दाताका तर्फबाट कृष्णकुमार संग्रौला, प्रेस युनियन पत्रकार प्रोत्साहन अक्षयकोषका दाताका तर्फबाट शिव कँडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
आजै सम्पन्न संस्थाको बन्द सत्रले संस्थाको सांगठानिक तथा कोषाध्यक्ष ओमप्रकाश भट्टराईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । बन्द सत्रको सञ्चालन अध्यक्ष मण्डलका सदस्य राजेन्द्र गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा टिप्पणी प्रस्तुत ज्ञानेन्द्र निरौलाले गर्नुभएको थियो ।
उपाध्यक्ष गिरीराज भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन डिल्लीराम घोर्साईले गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुशिला संग्रौला, प्रेस चौतारी झापा अध्यक्ष मनकुमार गदाल, समाजवादी प्रेस संगठनका प्रदेश संयोजक तीर्थ सिग्देल, आदिबासी/जनजाति पत्रकार महासंघ झापाका अध्यक्ष भूमिका सुब्बा, नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्यहरु विष्णु सुब्बा, लिलाराज झापाली, सुरेन्द्र भण्डारी, लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रेस युनियन झापाको साधारणसभा सम्पन्न दुईपत्रकारसहित १२ जनालाई पुरस्कार र सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img