Homeसमाचारचोरीका १२ वटा मोटरसाइकलसहित चोरीमा संलग्न ८ जना सार्वजनिक

चोरीका १२ वटा मोटरसाइकलसहित चोरीमा संलग्न ८ जना सार्वजनिक

बिर्तामोड १९ जेठ । झापा प्रहरीले जिल्लाका विभिन्न स्थानहरुबाट चोरी भएका १२ वटा मोटरसाइकल बरामद गर्दै मोटरसाइकल चोरीमा संलग्न ८ जनालाई पनि पक्राउ गरी आज एकसाथ सार्वजनिक गरेको छ ।


इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले बरामद गरेका १२ वटा मोटरसाइकल तथा चोरीमा संलग्न २ बालकसहित ८ जनालाई सार्वजनिक गरेको हो ।
मोटरसाइकल चोरीका उजुरी र गुनासा बढ्न थालेसंगै प्रहरीले शुष्म अनुसन्धान शुरु गरेको थियो । प्रहरीले ११ दिनको अपरेसनबाट प्राप्त सफलता पत्रकार सम्मेलन गरेर सुनाउँदै मोटरसाइकल र चोरी कार्यमा संलग्न रहेका व्यक्तिलाई सार्वजनिक गरेको हो । प्रहरीले बरामद गरेका १२ वटा मोटरसाइकलमध्ये चारवटा पल्सर, चारवटा हिरो होन्डा र बाँकी चारवटा यामाहा, अपाचे, होन्डा र सुजुकी ब्रान्डका छन् ।
मोटरसाइकल चोरी गर्नेमा ग्यारेज सञ्चालकसमेत रहेका इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो ।


जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले झापाको अर्जुनधारा ८ कदमगाछीमा रहेको अशोक बिहारीको घरमा करण महमदले सञ्चालन गरेको मोटरसाइकल ग्यारेज र अर्जुनधारा नगरपालिका वडा नं. १० स्थित बिमल हुमागाँइएको घरमा करणले नै सञ्चालन गरेको ग्यारेजबाट मोटरसाइकलहरुसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका वडा नं. ५ का १८ वर्षीय करण मण्डल, बिर्तामोड ३ का १९ बर्षिय कुमार राजवंशी, अर्जुनधारा नगरपालिका वडा नं. ८ का १८ बर्षिया समिर मियाँ, सप्तरी जिल्ला टिकुली नगरपालिका–५ का ग्यारेज सञ्चालक २७ बर्षिय करण महमद, झापा गौरीगञ्ज गाउँपालिका वडा नं.–५ का १८ वर्षीय ओमप्रकाश यादव, १४ र १५ वर्षका दुई बालक वर्षीय बालक, इलाम चुलाचुली १८ को राहुल श्रेष्ठ रहेका छन् ।
मोटरसाइकल चोरी गरेर नम्बर प्लेट फेर्ने, मोडल परिवर्तन गरेर नचिनिने बनाउने तथा पहाडका विभिन्न स्थानमा पुर्याएर बेच्ने गरिएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीको पहुँच कम हुने तथा खोजपड्ताल नहुने भएकाले चोरीका मोटरसाइकल पहाडी क्षेत्रमा बिक्री हुने गरेको प्रहरीको निष्कर्ष छ ।
अनुसन्धानका क्रममा ३० सेकेन्डभित्रैमा मोटरसाइकल चोरी हुने गरेको पाइएको डिएसपी कुँवरले बताउनु भयो । उहाँका अनुसार चोरी भएका कतिपय मोटरसाइकलहरु नम्बर प्लेट फेर्ने, मोडल परिवर्तन गरेर नचिनिने बनाएपछि सडकमा निर्बाध सञ्चालन गर्ने गरिएको छ ।
अधिकांश मोटरसाइकलहरु मध्य रातमा चोरी हुने गरेको प्रहरीको भनाई छ । चोरीका घटना बढेपछि प्रहरीले घटनामा संलग्नलाई खोज्न विशेष अभियान नै सञ्चालन गरिरहेको तथा उजुरी अनुसार चोरी भएका केही मोटरसाइकल बरामद गर्न तथा चोरीमा संलग्नलाई पक्राउ गर्न बाँकी रहेको प्रहरी नायव उपरीक्षक कुँवरको भनाई छ ।
चोरी गरेको मोटरसाइकल अर्जुनधारा ८ कदमगाछी र वडा नम्बर १० मा रहेको ग्यारेजमा पुर्याएर स्वरुप परिवर्तन गरी झिनो दाममा बिक्री गर्ने गरेको पाइएको पनि जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताउनु भयो ।
प्रहरीले अनुसन्धानको क्रममा दुवै ग्यारेज बाहिरबाट हेर्दा बन्द रहने भए पनि भित्रचाहिँ नम्बर प्लेट परिवर्तन र स्वरुप परिवर्तनका कामहरु हुने गरेको पत्ता लागेको प्रहरी प्रवक्ता पाठकले बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचोरीका १२ वटा मोटरसाइकलसहित चोरीमा संलग्न ८ जना सार्वजनिक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img