Homeसमाचारकन्या गुरुकुल निर्माणको लक्ष्य राखेर माईधारमा ११ दिने शिवमहापुराण

कन्या गुरुकुल निर्माणको लक्ष्य राखेर माईधारमा ११ दिने शिवमहापुराण

माईधार १५ जेठ । झापाको शिवसताक्षी १० माइधारमा सञ्चालनमा रहेको एकमात्र दिव्यपथ महिला सरोकार समाज तथा सरस्वती कन्या गुरुकूलको भौतिक संरचना निर्माण तथा महिलाहरुमा धार्मिक जागरण ल्याउने उद्देश्यले पुराणको आयोजना गरिएको छ ।
कन्याहरुलाई पनि गुरुकुलीय शिक्षाबाट दिक्षित गर्ने दीर्घकालीन लक्ष्य राखेर झापाको शिवसताक्षीमा दिब्यपथ महिला सरोकार समाज तथा सरस्वती कन्या गुरुकुलले महापुराणको आयोजना गरिएको हो ।
गुरुकुल भवन निर्माण स्थलमा आयोजना गर्न लागिएको ११ दिने श्री शिवमहापुराण विराट ज्ञान महायज्ञ आयोजना गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष विदुषी बृन्दा निरौलाले जानकारी दिनुभयो ।
पुराण आयोजक मुल समिति संयोजक चन्द्रप्रसाद खनालले स्वागत तथा पुराण आयोजना गर्नुको मुख्य उद्देश्य माथि प्रकाश पार्दै महिलाहरुलाई शिक्षा, दिक्षा र सुरक्षाको समेत व्यवस्थापनका लागि गुरुकुलीय शिक्षा जरुरी महशुस गर्दै पुराणको आयोजना गरिएको बताउनु भयो ।
२०७६ सालमा स्थापित सरस्वती कन्या गुरुकुलमा बैदिक गुरुकुलीय पद्धतीद्वारा बेद, संस्कृत, साहित्य, पुराण, उपनिषद, ज्योतिष, योग ब्यायाम सहित अंग्रेजी शिक्षा र कम्युटर शिक्षा समेत प्रदान गरिने गुरुकुलकी अध्यक्ष निरौलाले जानकारी दिनुभयो । गुरुकुलमा सबै धर्म सम्प्रदायका कन्याहरुले अध्ययन गर्न पाउने बताइएको छ । हाल उक्त गुरुकुलमा ९ देखि १६ वर्ष उमेर समूहका १६ जना बालिकाहरु अध्ययनरत रहेको बताइएको छ । छात्रबाससहितको आवासिय गुरुकुल, आश्रम, जलसमाधीस्थल लगायतलाई समेटेर डिपिआर तयार भइरहेको गुरुकुलमा आवश्यकीय भौतिक संरचना निर्माणका लागि ३ करोड लागत अनुमान गरिएको बताइएको छ ।
संस्थाका सचिव नैनकला भट्टराईले सञ्चालन गरेको पत्रकार सम्मेलनमा पं. छविरमण निरौलाले पुराणको व्यवस्थापकीय पक्षबारे जानकारी दिनुभयो ।
उद्देश्य अनुसार पढाई प्रारम्भ भएपनि भौतिक संरचना अभाव भएपछि सहयोग जुटाउने तथा महिलाहरुमा धार्मिक जागरण गराउने उद्देष्यले आयोजना गर्न लागिएको संगीतमय महापुराणमा आचार्य ईश्वरकृष्ण महाराज प्रमुख कथावाचक र उपवाचकमा आचार्य पं. छविरमण निरौला रहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकन्या गुरुकुल निर्माणको लक्ष्य राखेर माईधारमा ११ दिने शिवमहापुराण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img