बिर्तामोड ३१ भदौ । ट्याफे मोटर्स एण्ड टेक्टर्स लि. को मेचीका लागि आधिकारिक विक्रेता रेड पाण्डा अटो इलेक्ट्रिकल प्रा.लि. विर्तामोडले आयसर ट्याक्टरको खरिद गर्ने ग्राहकहरुलाई उपहार प्रदान गरेको छ ।
आयसर ट्याक्टरको मेचीका लागि आधिकारिक विक्रेता रेड पाण्डा अटो इलेक्ट्रिकल्सले एक जना कृषकलाई मोटरसाइकलसहित अन्य सातजनालाई विभिन्न उपहार प्रदान गरेको हो ।
बिर्तामोड स्थित रामचोकमा सञ्चालनमा आएको प्रा.लि.ले मंगलबार ट्याक्टरका ग्राहक मध्ये चिठ्ठाद्वारा निर्णय गर्दै झापा दमकका शंकर चौधरीलाई पहिलो उपहारस्वरुप १२५ सिसिको सुपर स्प्लेण्डर मोटरसाइकल प्रदान गरेको हो ।
यसैगरी सुरुङ्गाका जीवनकुमार नेपाल र कचनकबलका चित्रबहादुर थापाले दोस्रो पुरस्कारस्वरुप फ्रिज उपहार प्राप्त गरेका छन् । तेस्रो उपहार स्वरुप मेचीनगरका सदस्य धिमाल, चुलाचुलीका विक्रम लिम्बु र गौरादहका दिगम्बर राजवंशीले ३२ इन्चको ीभ्म् टिभी उपहार प्राप्त गरेका छन् ।
आयसर ट्याक्टरका अन्य ग्राहकलाई भने शोरुम उद्घाटनको अवसरमा एक–एक वटा मोबाइल उपहार प्रदान गरिएको थियो । रेड पाण्डा अटो इलेक्ट्रिकल प्रा.लि.का अध्यक्ष प्रकाशचन्द्र खतिवडाको अध्यक्षतामा र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ट्याफे मोटर्स एण्ड टेक्टर्स लि. आइसर टेक्टर डिभिजनको एसोसिष्ट भाइस प्रेसिडेक्ट विजेन्द्रकुमार गुप्ता,आइसर टेक्टर डिभिजन एक्स्पोर्ट मेनेजर चन्दनदीप सिंह, कम्पनीका सेल्स, सर्भिस तथा स्पेयर पार्टस मेनेजर शशिकान्त त्रिपाठीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा रेड पाण्डा अटो इलेक्ट्रिकल प्रा.ली.ले भदौ महिनामा ४७ वटा ट्याक्टर विक्री गरेको प्रबन्ध निर्देशक शेखर ढकालले बताउनु भयो ।
आयसर ट्याक्टर खरिदकर्तालाई उपहार

































































































