भद्रपुर २८ बैशाख । बैशाख ३० गते देशभर हुने स्थानीय तह निर्वाचनको झापामा सम्पुर्ण तयारी पुरा भएको छ । झापाका १५ वटा स्थानीय तहका ७५५ वटै मतदान स्थलमा आवश्यक सामग्री सहित निर्वाचन टोली निर्वाचन स्थल पुगेसंगै निर्वाचनको तयारी पुरा भएको हो ।निर्वाचन सम्पन्न गर्न ५ जनाको टोली र आवश्यक सुरक्षाकर्मी समेत मतदान स्थल पुगेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले बताउनु भयो ।
बैशाख २६ गते ३६१ मतदान केन्द्र र २७ गते ३९४ मतदान स्थल सहित जिल्लाका ७५५ वटै मतदान स्थलमा मतपत्र ,मतपेटिका मतदान केन्द्रमा आवश्यक पर्ने अन्य सामग्रीहरु समेत पुगिसकेको नेपालले बताउनु भयो ।
टोलीले भोली २९ गते ३ बजे भित्रमा सम्पुर्ण मतदान केन्द्र निर्माण गरि सक्ने समेत बताउनु भयो । ६ लाख ४६ हजार २ सय ३४ जना मतदाता रहेको झापामा निर्वाचलाई शान्ति पुर्ण सम्पन्न गर्न शसत्र प्रहरीबल झापाबाट ८ सय सुरक्षकर्मी , म्यादी प्रहरी १८ सय र २ हजार ९ सय जनपथ प्रहरी खटाईएको छ ।
झापामा ३६ वटा राजनैतिक दलबाट २७ सय ८५ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् भने ६ सय ८५ जना उम्मेदवारमात्र निर्वाचित हुने छन् ।
झापामा स्थानीय तह निर्वाचनको तयारी पूरा

































































































