Homeसमाचारएमाले बिर्तामोड आज देखि मतदाताको घरदैलोमा

एमाले बिर्तामोड आज देखि मतदाताको घरदैलोमा

बिर्तामोड २२ बैशाख । नेकपा एमाले बिर्तामोड नगरकमिटीले आज देखि घरदैलो कार्यक्रम सुरु गरेको छ । स्थानीय तह निर्वाचन मिति नजिकिएसंगै एमालेको तर्फबाट नगरप्रमुखको उम्मेद्वार पवित्रा महतारा प्रसाई, उपप्रमुखको उम्मेदवार नगेन्द्रप्रसाद संग्रौला सहित घर दैलो कार्यक्रम सुरु गरेको हो ।
घर–दैलो कार्यक्रम आज वडा नम्बर ५ मा केन्द्रित रहेको निर्वाचन प्रचार–प्रसार समितिका संयोजक राष्ट्रियसभाका पूर्व सदस्य हरिचरण शिवाकोटीले जानकारी दिनुभयो। उम्मेद्वारहरुले सबैका घर, पसलमा पुगेर नेकपा एमालेलाई मतदान गर्न आग्रह गरिरहेका छन् ।
घरदैलो कार्यक्रममा वडाध्यक्षको उम्मेदवार राजेन्द्रप्रसाद लिङदेन, महिला सदस्य शान्ता रोका क्षेत्री,दलित महिला सदस्य मालती विश्वकर्मा,सदस्यहरु ओमभक्त सेडाई र दुर्गाप्रसाद शिवाकोटी पनि सहभागी हुनुहुन्छ ।
एमालेले हिजो वडा नम्बर १० मा पुगेर बैशाख १२ गते वडा नम्बर १ देखि शुरु गरेको चुनावी प्रचार अभियान अन्तर्गत कोणसभाको कार्यक्रम एकचरण सम्पन्न गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएमाले बिर्तामोड आज देखि मतदाताको घरदैलोमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img