Homeसमाचारआस्था र कमिसन नमिल्दा बजेट नपाएको ठहर, विकासमा विभेद नगर्ने प्रतिवद्धता

आस्था र कमिसन नमिल्दा बजेट नपाएको ठहर, विकासमा विभेद नगर्ने प्रतिवद्धता

बिर्तामोड २० बैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिंदै जाँदा जनताका गुनासाहरु पनि छताछुल्ल हुन थालेका छन् । यसअघिका जनप्रतिनिधिहरुले आफ्नो टोलमा के गरे–के गरेनन् भन्ने कुराको मतदाता हिसाब गरिरहेका छन् । त्यहि लेखाजोखासंगै भोट कसलाई हाल्ने भन्ने टोल–टोलमा सल्लाह समेत गरिरहेको स्थानीय बताउँछन् ।
आस्थाका आधारमा विकासमा विभेद गरेको विर्तामोड–५ का स्थानीय युवराज प्रसाईंले बताए । बजेट दिन्छन् होला भन्ने आशमा टोल विकास समितिले गरेका ४/५ वटा कार्यक्रममा प्रमुख अतिथि समेत बनायौं तर ५ वर्षमा यो बाटोमा १ ट्रयाक्टर पुरुवा समेत पाइएन वडाबाट ।’ बिर्तामोडका बाटाहरु मध्ये अत्याधिक प्रयोगमा रहेको हर्कलाल मार्ग देखाउँदै प्रसाईले यस्तो गुनासो गरेका हुन् । विर्तामोड नगरपालिका वडा नं–५ मा एमालेबाट २०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित वडाध्यक्षले विकासमा आस्था हेरेको बताउँदै उनले भने–‘बाटो उत्तर आस्था मिलेका टोलमा घर नभएका ठाउँमा पनि बाटो बन्यो, दक्षिणमा आस्था र कमिसन दुवै नमिलेका कारण पाँच वर्षमा एक ट्रयाक्टर पुरुवा पाइयो, न कुनै बजेट नै ।’
नगरपालिका मेयर सार्वजनिक बाटोलाई बेवास्ता गरेर आफ्नो व्यवसायिक फर्म (हेवन वाटर पार्क) मा जाने बाटो बनाएको बताउँदै उनले भने–‘मेयरको माछापोखरी जानेबाटो र हर्कलाल मार्ग हेर्नुहोस नगरको विकास कहाँ भएछ ।’
भोट कसलाई दिने भन्ने सल्लाह हुँदैछ, हाम्रो टोलको बैठक नै छ–‘बिर्तामोड नगरपालिका वडा नं.–४ का स्थानीयले भने । हाम्रो बाटोको समस्या जसले समाधान गरिदिन्छ भन्ने विश्वास लाग्छ सल्लाह गरेर उसैलाई भोट दिन्छौं ।’ उनले थपे–‘सल्लाह भइरहेको छ ।’ स्थानीय चुनाव भएको हुनाले आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै भने–‘सबै चिनेजानेकै छन्, तर व्यवहारमा चिन्ह्र गारो हुँदो रछ, नाम लेख्ने वित्तिकै आश्वासन लिएर फकाउन आइहाल्छन् ।’
ती स्थानीयका अनुसार बनाएको बाटोको रकम नगरपालिकाले भुक्तानी नगरेका कारण उनीहरु अप्ठ्यारोमा छन् । मेयरको आश्वासनमा उपभोक्ताले बनाएको बाटोको भुक्तानी नगरपालिकाले नदिएपछि स्थानीयले दामासाहीमा ऋण काढेर तिरेको बताउँदै ती उपभोक्ताले भने–‘ध्रुवले बनाउँदै गर्नु बजेट दिन्छु भन्यो, पेवर्भ हालेर बाटो बनायौं तर, बनाइसकेपछि रोक्यो, उनले थपे किन रछ भनेको त–‘वडाध्यक्षसंग कुरा नमिलेर पो रछ, वडाध्यक्षले कति पहल गर्दा पनि मेयरले कुरै सुनेन ।’
हर्कलाल मार्गलाई आफूहरुले नगर तथा अन्य ठाउँमा धेरै पहल गर्दा पनि बजेट ल्याउन नसकेको विर्तामोड नगरपालिकाका मेयरका आकांक्षी भोजराज सिटौलाले बताए । हर्कलाल मार्गको डिपिआर पारित गर्नै आफूहरुले ठूलो संघर्ष गर्नुपरेको सुनाए । डिपीआर नै रोकेका थिए, तर वडा नं.–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला र हामीले यो बाटोको डिपीआर पारित नभएसम्म अरु बाटाहरुको पनि डिपीआर पारित गर्न नदिने अडान राखेकै कारण २ पटकसम्म बैठक नै स्थगित भयो । उनले भने– ‘तेस्रो पटकमा पहिले यो पारित गरेर मात्र अरु अघि बढाएका हौं ।’
कांग्रेस र हर्कलाल गिरीले बनाएको बाटो भएकै कारण बजेट दिन नमानेको बताउँदै सिटौलाले भने–‘कांग्रेस र हर्कलाल गिरीले बनाएको बाटो भएकै कारण दुइतिहाइको सरकारले हाम्रो कुरा सुनेन ।’
अहिलेको निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई मतदान गर्ने कुरामा विपक्षीले भ्रम छरेको प्रसंग जोड्दै सिटौलाले भने–‘मत चिन्ह्रसंग जोड्ने होइन, विकास र समृद्धिसंग जोड्नुपर्छ ।’
चुनावी घरदैलो कार्यक्रममा जनताको गुनासो सुन्ने क्रममा गठबन्धनबाट विर्तामोड नगरपालिकाका उपमेयरका उम्मेद्वार सिपी कडरियाले आफूहरु नगरमा सेवा गर्न जाने बताए । नागरिकको सहजताका लागि नगरलाई प्रविधिसंग जोड्ने तथा ढल निकासको उचित व्यवस्था, फोहोरको बर्गिकरण र प्रशोधनको व्यवस्था मिलाउने बताउँदै भने–‘हामी सेवा गर्न जाने हौं, मालिक बन्न जाने होइन्, विकासमा कसैले पनि विभेदको अनुभूति गर्नु पर्दैन यो हाम्रो बाचा भयो ।’ कडरियाले विर्तामोड–५ को बाटो दक्षितर्फको क्षेत्र नगरभित्रको उपनिवेश भएको उल्लेख गर्दै उपनिवेश भनेको जात्रुवारीसहितको क्षेत्रलाई विकासले विर्तामोडसंग जोड्ने बताए ।
सो क्रममा वडाध्यक्षका उम्मेद्वार रोहित प्रसाईले यो पटक युवालाई मतदान गरेर काम गर्ने अवसर दिन आग्रह गर्दै आम वडाबासीले गर्व बोध गर्ने गरी काम गरेर देखाउने प्रतिवद्धता जनाए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआस्था र कमिसन नमिल्दा बजेट नपाएको ठहर, विकासमा विभेद नगर्ने प्रतिवद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img