चारपाने । विद्यार्थीलाई शैद्धान्तिक ज्ञानका साथै व्यवहारिक र रोजगारमुलक शिक्षा दिनुपर्छ भन्ने मान्यताका साथ विगत सात वर्षदेखि होटल म्यानेजमेन्ट अध्यापन गराउँदै आएको इकम कलेजले अझ आधुनिक र वातानुकुलित पठन पाठनको तयारी गरेको छ ।
सोही अनुसार अत्याधुनिक भवनसहितको भौतिक पूर्वाधार तयार गरी विगत ७ वर्षदेखि सञ्चालन हुँदै आएको कलेजलाई स्थानान्तरण गरिएको छ । बिर्तामोड–५ स्थित पुरानो इलाम स्टेण्डमा सञ्चालन हुँदै आएको कलेज कलेजलाई नयाँ पञ्चाकन्या प्लटिङको शिवलय मन्दिरको उत्तरतर्फ स्थानान्तरण गरिएको हो । नयाँ ठाउँमा स्थानान्तरण गरेसंगै नयाँ आधुनिक संरचना रहेको भवनबाट कलेजले वातानुकुलित कक्षामा पठन पाठन गर्ने कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आलोक कार्कीले जानकारी दिनुभयो । कक्षा ११ र १२ मा विजिनेस स्टडिज, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्टका कक्षा सञ्चालन गर्न लागिएको उहाँले बताउनु भयो ।
२०७१ सालमा स्थापित कलेजले होटल म्यानेजमेन्ट सम्बन्धि विदेशी डिग्री एड्भान्स डिप्लोमा कक्षा सञ्चालन गर्दै आएको सञ्चालक मध्येका एक शसांक पुरीले जानकारी दिनुभयो । एसइइ पश्चातपनि पढ्न मिल्ने गरी कलेजले ड्वायल कोर्षपनि सञ्चालन गरिरहेको प्रमुख कार्यकारी अधिकृत कार्कीले बताउनु भयो । इकममा एड्भान्स डिप्लोमा कोर्ष गरेका विद्यार्थीले विदेशी कलेजमा क्रेडिटको ट्रान्सफर पाउनेपनि उहाँको भनाई छ । उहाँका अनुसार एड्भान्स डिप्लोमा इकममा अध्ययन गरेका विद्यार्थीले विदेशी कलेजमा व्याचलरको दोस्रो बर्षदेखि अध्ययन गर्न सक्नेछन् ।
कलेजले पढाईको अतिरिक्त विद्यार्थीहरुको इच्छा र क्षमता अनुसारका सीपमुलक तालिम तथा खेलकुदसमेत सिकाउने गरेको बजार प्रतिनिधी प्रनिल चौहानले जानकारी दिनुभयो ।
कार्यक्रममा कलेजले पढाइका अतिरिक्त जब प्लेसमेन्टसमेत गरिदिने बताउदै सिइओ कार्कीले गएको बर्षसम्म कलेजले ३१० जना विद्यार्थीलाई रोजगारीमा समेत भइसकेको बताउनु भयो ।
इकममा अध्ययन गरेका विद्यार्थी अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा उच्च शिक्षाका लागि जाने गरेको कलेजका निर्देशक निर्मल शर्माले बताउनु भयो । इकममा अध्ययन गरेका विद्यार्थीहरु कोर्षका अतिरिक्त प्रस्तुतीकरण लगायतका सीपमा समेत दक्ष हुने भएकाले विदेशी कलेजमा गएरसमेत राम्रो गर्न सक्ने कार्कीले दाबी गर्नुभयो । इकममा दक्ष प्राध्यापक र सुविधासम्पन्न भौतिक पूर्वाधार, वातानुकुलित कक्षा भएपनि शुल्क भने अन्य कलेजको भन्दा बढी नहुने उनले बताए ।
आधुनिक र वातानुकुलित अध्यापनको तयारीमा इकम

































































































