Homeसमाचारलयर्स एसाेशियसन झापाले एक दिने चुनाबी साक्षात्कार कार्यक्रम सम्पन्न

लयर्स एसाेशियसन झापाले एक दिने चुनाबी साक्षात्कार कार्यक्रम सम्पन्न

भद्रपुर १७ बैशाख । आसन्न स्थानीय तह निर्वाचनमा भद्रपुर नगरपालिकाबाट गठबन्धनका उम्मेदवारलाइ जिताउन मदत पुर्याउने उदेश्यले नेपाल डेमोक्रयाटिक्स लयर्स एसाेशियसन झापाले एक दिने चुनाबी साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा भद्रपुरमा सम्पन्न नगरपालिका भित्रका कांग्रेस निकट पेशाकर्मीहरुको भेटघाट सहितको कार्यक्रममा नगरपालिकाभित्रका गठबन्धनका सबै उम्मेदवारहरुलाई जिताउन चुनावी अभियानका बिषयमा छलफल भएको थियो ।
चुनावी प्रचारप्रशारलाई घरदैलो कार्यक्रम ,लगायतका विभिन्न रणनीतिक कार्यक्रमहरु गर्नुपर्ने सहभागि बुद्धिजिवीहरुले सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै नेता सिटौलाले मतदाता शिक्षा लिएर सबै मतदाता समक्ष पुग्न आवश्यक रहेको बताउदै सम्पूर्ण मतदातालाई ट्रयाक मार्फत स्कोरिङ्ग गर्नुपर्ने बताउनु भयो ।
उहांले चुनावमा सिद्धान्त भन्दा रणनिति आवश्यक भएकोले मतदाताहरुलाई गठबन्धनको पक्षमा लिन निरन्तर घरदैलो लगायतका विभिन्न मतदानगर्ने बिषयमा चेतना मुलक कार्यक्रम गर्दै जानु पर्नेमा जोड दिनु भयो ।
गठबन्बन्धनबाट मेयरका उम्मेदवार गणेश पोखरेलले नगरपालिकामा बर्तमान् स्थानीय सरकारले शिक्षा लगायतका कुनै पनि विकाश निर्माणका कार्यहरुमा कुनै पनि कार्य नगरेको बताउदै आफु नर्विाचित भएमा शिक्षलाइ बिशेष प्राथमिकतामा राखेर बिकास निर्माणका कार्यहरु गर्ने बताउनु भयो ।
उहांले बर्तमान सरकारले मेची अंचलकै एक मात्र सरकारी क्याम्पस मेची बहुमुखी क्याम्पसलाई नगरपलिाकाले विगत ५ बर्षको अबधिमा क्याम्पसको स्तर उन्नतीमा कुनै चासाने नदिएको बताउनु भयो ।
आफुले शिक्षालाई आम नगरबासी बीच मौलिक हक अधिकार भित्र समेट्ने आफ्नो लक्ष्य रहेको बताउनु भयो ।
गठबन्धनबाट उपमेयरको उम्मेदवार रहेका माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले बर्तमान् सरकारबाट नगरपालिकामा भएका विभेदकारी नितिको अन्त गर्न र अन्याय अत्याचारको विरुद्धमा आफ्नो उम्मेदवारी भएको बताउदै भ्रष्टचार नियान्त्रण लगायतका शुसासन कायम राख्न आफनो उम्मेदवारी रहेको बताउनु भयो ।
एसाेसिएसन झापा अध्यक्ष यज्ञप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुभेच्छुक बुद्धिजीवि परिषद भद्रपुरका शिक्षक ,प्रध्यापक संघ,स्वास्थ्यकर्मी संघ, प्रेस युनियन लगायतका कांग्रेस निकट शुभेच्क्षुक हरुको सहभागि रहेका थियो। कार्यक्रमको संचालन योगेन्द्र पौडेलले गर्नु भएको थियो ।
सहभागिहरुले निर्वाचनमा जीत आफनो पक्षमा पार्न विभिन्न सुझाव समेत प्रदान गर्नु भएको थियो । नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र र एककिृत समाजबादी विीचको गठबन्धन भद्रपुर नपाका चुनावमा हाेमिएको छ ।
अन्य ससाना दलहरु सहितको उम्मेदवारी रहे पनि गठबन्धन , एमाले र राप्रपा बीच नै कडा प्रतिष्पर्धा हुने आंकलन गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलयर्स एसाेशियसन झापाले एक दिने चुनाबी साक्षात्कार कार्यक्रम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img