Homeसमाचारराप्रपाको प्रतिवद्धता पत्र सार्वजनिक, भ्रष्टाचारमा शुन्य सहनशीलता

राप्रपाको प्रतिवद्धता पत्र सार्वजनिक, भ्रष्टाचारमा शुन्य सहनशीलता

बिर्तामोड १६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी विर्तामोड नगर कमिटीले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने तथा छिटो छरितो सेवा प्रवाहलाई मुख्य प्राथमिकता राखेर नगरको प्रतिवद्धता सार्वजनिक गरेको छ ।
विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच पार्टीका जिल्ला अध्यक्ष केशव ओझा तथा बिर्तामोड नगरपालिकाका मेयरका उम्मेद्वार ध्रुव उप्रेती, उपमेयरकी उम्मेद्वार रञ्जु प्याकुरेलले संयुक्त रुपमा प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
नगर क्षेत्रमा सीपविकास केन्द्र स्थापना गर्ने, महिला हिंसा दाइजो प्रथा र बालबिवाहको अन्त्य, हिंसामा परेका महिला लक्षित सेफहाउस स्वना, खुल्ला व्यायामशाला स्थापना, कवर्डहल निर्माण, निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा लगायतका विभिन्न विषय बस्तु प्रतिवद्धता पत्रमा समेटिएको छ ।
कार्यक्रममा भ्रष्टाचार विरुद्ध उभिनु नै आफ्नो जितको आधार प्रस्तुत गर्दै पार्टीबाट मेयरका उम्मेद्वार उप्रेतीले पदीय जिम्मेवारीमा पुगेपछि भ्रष्टाचार गर्दिन भनेर आफूले भगवानसमक्ष कसम खाएको बताउनु भयो ।
उपमेयरका उम्मेद्वार प्याकुरेलले नगरपालिकामा उपमेयरको न्यायिक समिति जस्तो महत्वपूर्ण जिम्मेवारीमा महिला नै हुनुपर्नेमा जोड दिंदै महिलाका पीडा र समस्या महिलाले मात्र बुझ्न र सुन्न सक्ने हुनाले पनि उपमेयरमा महिला नै निर्वाचित हुनु अपरिहार्य रहेको बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारराप्रपाको प्रतिवद्धता पत्र सार्वजनिक, भ्रष्टाचारमा शुन्य सहनशीलता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img