भद्रपुर २५ चैत्र । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तरगत झापाको चन्द्रगढीमा एकदिने निःशुल्क कान तथा आँखा शिविर सम्पन्न भएको छ ।सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको आयोजनामा शुक्रवार भद्रपुर १० स्थित भगवती आधारभुत विद्यालयमा सम्पन्न शिविरमा १२२ जना महिला सहित २०२ जना विमारीहरुले सेवा लिएका थिए ।
केन्द्रका बरिष्ठ उपाध्यक्ष बाबुराम कार्कीको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी नायब उपरिक्षक बसन्त पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन सचिव धनप्रसाद शिवाकोटी र स्वागत मन्तव्य उपाध्यक्ष मिरा संजेलले गर्नु भएको थियो । स्थानीयहरुले सेवा लिएको उत्त शिविरको प्राविधिक सहयोग भने दृष्टि आंखा अस्पताल अनारमनीको रहेका थियो ।
चन्द्रगढीमा निःशुल्क कान तथा आँखा शिविर

































































































