HomeFeatured 2शुक्रबार राति १२ बजेदेखि स्थानीय तह निर्वाचन आचारसंहिता लागू हुने

शुक्रबार राति १२ बजेदेखि स्थानीय तह निर्वाचन आचारसंहिता लागू हुने

झापा २५ चैत। स्थानीय तहको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आउन ३५ दिन बाँकी रहँदा आचारसंहिता शुक्रवार (आज) रातिदेखि लागू हुने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित हुनुका साथै सञ्चारमाध्यममार्फत आमनागरिकमा समेत प्रचारप्रसार भएको बताउनु भयो । आचारसंहितामा भएका प्रावधान सबै राजनीतिक दल, उम्मेदवारसहित सरोकारवाला पक्षले पूर्ण रुपमा पालना गर्न उहाँले आग्रह गर्नुभएको छ ।
आचारसंहिता उल्लंघन गरेको पाइएमा सचेत गराउने, सूचना प्रकाशित गर्नेदेखि कानून अनुसारको जरिवाना, कैद तथा उम्मेदवारी रद्द हुने समेतको प्रभावकारी रुपले कार्यान्वयन गरिनेछ, प्रवक्ता पौडेलले बताउनु भयो ।
स्थानीय तहमा पदमा बहाल रहेका जनप्रतिनिधिले निर्वाचन अगावै पदबाट राजीनामा दिनुपर्ने वा नपर्ने विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले अदालतले अन्तिम टुंगो लगाए बमोजिम नै हुने पौडेलको भनाइ छ । निर्वाचन आचारसंहिता ऐन २०७८, निर्वाचन कसूरजन्य ऐन २०७८ सहित निर्वाचन आयोगबाट जारी भएको ६० बुँदे निर्देशन पालना गर्न उहाँले आग्रह गर्नुभयो।
स्वच्छ, स्वतन्त्र, मितव्ययी रूपले निर्वाचन सम्पन्न गराउन र खर्चमा नियन्त्रण गर्दै भड्किलोरहित चुनाव बनाउन उनले आग्रह गर्नुभयो । यस्तै उहाँले सामाजिक सञ्जालमा उम्मेदवार र राजनीतिक दलले मात्र प्रचार गर्न पाउने बताउनु भयो ।
उम्मेदवार हुन चाहनेले स्थानीय तहमा ठेक्कापट्टा वा चलअचल सम्पत्तिको व्यवहारमा संलग्न नरहेको स्वःघोषणा गर्नुपर्ने थपलियाले बताउनु भयो ।
‘स्थानीय तहको कोषबाट सञ्चालित हुने कुनै पनि कार्यमा संलग्न छ भने त्यसको क्लियरेन्स नगरी उम्मेद्वारी दिए उम्मेद्वारी धरापमा पर्न सक्छ,’ उहाँले भन्नुभयो ‘त्यसैले त्यस विषयमा उम्मेदवार हुन चाहनेले नै त्यस विषयमा विचार गर्नुपर्ने हुन्छ।’
उम्मेदवारको प्रचारप्रसार गर्न कुनै मन्त्री वा सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक स्रोतको उपयोग गर्न नपाउने प्रावधानलाई बताउनु भयो । २०४८ सालको चुनावदेखि नै उक्त प्रावधान रहेकाले त्यस विषयमा पनि ध्यान दिनुहुने नै छ,थपलियाले भन्नुभयो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2शुक्रबार राति १२ बजेदेखि स्थानीय तह निर्वाचन आचारसंहिता लागू हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img