Homeसमाचारआर्थिकका कारण माथिल्लो तहमा प्रतिस्पर्धा गर्न कटिलाे

आर्थिकका कारण माथिल्लो तहमा प्रतिस्पर्धा गर्न कटिलाे

बिर्तामोड २४ चैत । विभिन्न पदमा निर्वाचित स्थानीय तहका महिला जनप्रतिनिधिले आर्थिकका कारण माथिल्लो तहमा प्रतिस्पर्धा गर्न कटिलाे भएकाे गुनासाे गरेका छन् ।
नारी सन्चार गृह झापाको आयोजनामा समपन्न स्थानीय तह निर्वाचन २०८९, प्रमुख पदमा महिला सहभागिता र दलको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागी महिला जनप्रतिनिधिले आफू आबद्ध राजनीतिक दलले आर्थिक कारण देखाएर प्रमुख पदमा उम्मेद्वार बनाउन नै आनाकानी गर्ने गरेको बताए ।
” वडाध्यक्षमा उठ्ने भए २०-२२ लाख पैसा चाहिन्छ निकाल्न सक्छौ ? भनेर प्रश्न सोधिन्छ” बिर्तामोड-५ कि वडा सदस्य हर्कमाया बिकले भनिन- ” मलाइ वडाध्य क्ष उठ्ने मन छ, वडा बनाउने भिजन छ तर त्यत्रो पैसा कहाबाट निकाल्ने ? त्यसैले छोडिदिए । ” उनी नेकपा एमालेबाट दलित कोटामा निर्वाचित वडा सदस्य हुन ।
बिर्तामोड – ५ कै वडासदस्य भावना आचार्यले पनि आर्थिक समस्या देखाइन । उनले भनिन-” मेरै नाममा करोडको सम्पती छ, तर म त्यो बेचेर चुनाब लड्छु भन्न सक्दिन, पाउदिन । तर मेरो ठाउँमा पुरुष उम्मेदवार हुने हो भने घर घडेरी बेचेर चुनाब लड्छ । “
चुनाब भड्किलो बन्दा भ्रष्टाचार बढ्ने वडा नम्बर ६ कि जनप्रतिनिधि पबित्रा ढुङ्गानाले बताइन । नेपाली काङ्ग्रेसबाट जनप्रतिनिधि बनेकी उनले भनिन- “एक बर्ष नजानी बित्यो, चौथो बर्षमा आइपुग्दा हामी वडाध्यक्ष चलाउन सक्षम भएका छौ । खर्च पनि जुटाइएला तर दलले उम्मेदवार बनाउछ कि बनाउदैन ? प्रश्न छ । “
दुई चरणमा सप्पन्न कार्यक्रम अन्तरगत पहिलो चरणमा महिला जनप्रतिनिधिले आ- आफ्नो अनुभव बताउदै माथिल्लो तहमा उम्मेदवारीका बिसयमा आकाक्ष ब्यक्त गरेका थिए ।
कार्यक्रममा यमुना आचार्य, शोभा बि क, पर्शुराम खनाल, टीका सङ्रौला, प्रेम खरेल, कबिता थापा लगायत अधिकाश बक्ताले आर्थिक अभावकै कारण देखाएर राजनीतिक दलले माथिल्लो तहमा उम्मेदवार बनाउन नचाहेको बताए ।
बिर्तामोड नगरपालिकाका उपमेयर एवं प्रमुख अतिथि पबित्रा महतारा प्रसाइले घर- परिवार सबै मिलाएर बाहिर निस्किएका महिलाले जिम्मेवारी पाए जस्तोसुकै चुनौतीपूर्ण काम गर्न सक्ने बताइन ।
दोश्रो चरणको कार्यक्रममा दलका नेताहरुको धारणा मागिएको थियो । सो क्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्री कानुनले बाध्यकारी ब्यवस्था गरेका पदमा समेत महिला नेतृत्व स्वीकार गर्न दलहरुले अस्वीकार गर्ने गरेको बताइन ।
नेकपा एमालेका झापा अध्यक्ष दीपक कार्कीले सामाजिक सोच परिवर्तन नभएसम्म महिलालाई प्रमुख पदमा उठाउन नसकिएको बताए ।
चुनाव र ससदीय पद्धतिमा जित्नैपर्ने दबाबका कारण पनि प्रमुख प्रतिस्पधीको रणनीति हेरेर उम्मेदवार उठाउनुपर्ने भएकाले पनि दलहरुले महिलालाइ उम्मेदवार बनाउन नसकेको बताए । सामाजिक सोचका कारण महिलाको तुलनामा पुरुषलाई बलियो उम्मेदवार मान्ने दृस्टीदोस प्रमुख बाधक रहेको उनको भनाइ थियोे ।
नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधी दीपक तामाङले योग्यता, क्षमता र प्रतिश्पर्धाका आधारमा उम्मेदवार तय गरिने बताउदै क्षमतावान महिला आए पछि नपार्ने प्रतिबद्धता जनाए । नेपाली काङ्ग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाले ढिलो गरि बिषय उठान भएको बताउदै बहसले निरन्तरता पाए आगामी दिनमा नीति नै बनेर आउने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि उमा शिवाकोटी, सरस्वती सिटौला, शारदा शर्मा, संगीता रौनियार, निरु खतिवडा, कृष्णमाया रिजाल, जनबहादुर जबेगु लगायतले मन्तब्य राख्दै लिङ्गकै कारण महिलाहरू राजनीतिक हिसामा पर्ने गरेको बताए ।
नारी संचार गृहका अध्यक्ष भिमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापामा महिला जनप्रतिनिधिको अवास्थाका बिषयमा उपाध्यक्ष रेजिना गौतमले झापाका मुख्य राजनीतिक दलका पार्टी संरचना प्रमुख पदहरूमा महिलाकाे उपस्थिति, झापामा राजनीतिक दलहरू, मतदाता संख्या र मतदानस्थल, २०७४ मा झापाका स्थानीय तहमा महिलाकाे उपस्थिति लगायतका विषय बस्तुकाबारेमा प्रस्तुत गर्नु भएकाे थियाे । पहिलाे चरणमा निवर्तमान अध्यक्ष अम्बिका भण्डारीले सहजीकरण गर्नुभएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन भूमिका सुब्बाले गर्नुभएकाे थियाे । संस्थापक अध्यक्ष सावित्रा दाहालले धन्यवादसहित कार्यक्रम समापन गरेकाे काेषाध्यक्ष जाेस्ना श्रेष्ठले जानकारी दिनुभयाे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआर्थिकका कारण माथिल्लो तहमा प्रतिस्पर्धा गर्न कटिलाे
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img