हल्दिवारी २३ चैत । नेपाली कांग्रेस हल्दिवारी ५ नं. वडा समितिले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट खड्ग लावतीलाई वडाध्यक्षमा सर्वसम्मत उम्मेदवार चयन गरेकाे छ ।
पार्टीको आज सम्पन्न वडास्तरिय भेलाले पार्टीको हल्दिवारी गाउँ उपसभापति समेत रहेका लावतीलाई वडाध्यक्षका लागि पार्टीकोतर्फबाट सर्बसम्मत उम्मेद्वार बनाएकाे हाे । त्यस्तै खुल्ला पुरुष वडा सदस्यमा क्षेत्र नं.३ क्षेत्रीय समिति सदस्य भानुभक्त प्रसाइ र वडा सभापति बिजय फागो सर्बसम्मत उमेरद्वार बन्ने भएका छन् । र खुल्ला महिला सदस्यमा क्षेत्र प्रतिनिधि सृजना धौराली खरेल पनि उम्मेदवार बन्ने भएकी छिन र महिला दलित सदस्य पनि छिटै उमेरद्वार टुंगो लाउने वडा निर्बाचन प्रचार प्रसार संयाेजक किरण दंगालले जानकारी दिनुभयाे ।
लावती सर्वसम्मत वडाध्यक्ष

































































































