HomeFeatured 2मेचीनगरमा एमालेबाट मेयर र उपमेयरमा ७/७ जना आकांक्षी

मेचीनगरमा एमालेबाट मेयर र उपमेयरमा ७/७ जना आकांक्षी

मेचीनगर २२ चैत । २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले मेचीनगरले मेयर र उपमेयर पदका उम्मेद्वार टुङ्गो लगाउन छलफल प्रारम्भ गरेको छ । मंगलबार एमाले मेचीनगर कमिटिको चौथो पूर्ण वैठकमा स्थानीय तहको चुनावमा मेयर र उपमेयर आकांक्षी उम्मेद्वारहरुको नाम संकलन गरिएको हो ।
बैठकमा मेयर र उपमेयरमा ७/७ जनाले आकांक्षा देखाएको बताइएको छ । अब हुने निर्वाचनमा मेयरको दावी गर्ने आकांक्षी उम्मेद्वारहरुमा प्रदेश १ का सांसद तथा एमाले प्रदेश कमिटि सदस्य गोपालचन्द्र बुढाथोकी, नगरकी बहालवाला उपमेयर मिना पोखरेल उप्रेती, एमाले क्षेत्र नम्बर १ का संयोजक एवम् तत्कालिन काँकरभिट्टा गाविसका पूर्व अध्यक्ष डिल्लीराम घिमिरे, मेचीनगर इन्चार्ज देवकुमार राई, क्षेत्र नम्बर १ ‘क’ का पूर्व अध्यक्ष बन्धनकुमार मुण्डा, अनेमसंघकी केन्द्रीय सदस्य लता प्रसाई र एमाले प्रदेश कमिटि सदस्य एवम् तत्कालिन बाहुनडाँगी गाविसका पूर्व अध्यक्ष निलकण्ठ तिवारी रहेका छन् ।
त्यस्तै उपमेयर पदमा एमाले जिल्ला सदस्य रमा भण्डारी ढकाल, एमाले जिल्ला सदस्य मोहन काजी, एमाले जिल्ला सदस्यहरु सविता दाहाल, कल्पना ओली सिटौला, टिकाराम मंग्राती र कृष्ण कनाल, मेचीनगर अध्यक्ष राजु पोखरेल आकांक्षी देखिएका छन् ।
एमाले मेचीनगर अध्यक्ष राजु पोखरेलको अध्यक्षतामा सम्पन्न वैठकमा एमालेका केन्द्रीय सदस्य एवम् झापा सहइन्चार्ज रविन कोइराला, केन्द्रीय सल्लाहकार सदस्य एवम् पूर्व बागमति प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाई लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2मेचीनगरमा एमालेबाट मेयर र उपमेयरमा ७/७ जना आकांक्षी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img