भद्रपुर १४ चैत्र । प्रत्येक १०/१० बर्षमा गरिने राष्ट्रिय कृषि गणना २०७८ ले झापाका १५ वटै स्थानीय तहहरुमा एकसाथ गणना गर्ने भएको छ ।
जिल्ला कृषि गणना कार्यालय झापाको आयोजनामा सोमबार झापाको चन्द्रगढीमा आयोजित कृषि गणना गोष्ठीमा झापाका १५ वटै स्थानीय तहका प्रत्येक वडाहरुमा गणनाका लागि सम्पूर्ण तयारी पुरा भएको बताइएको हो ।
गोष्ठीको सहजीकरण गर्र्दै गणना अधिकृत चुडामणी लुर्इँटेलले झापका १५ वटा स्थानीय तह भित्रका प्रत्येक वडाहरुबाट प्रतिवडा २५ घर धुरीलाई कृषक घरधुरीको रुपमा गणना गरिने बताउनु भयो ।
उहाँले ८ धुर माथिको जगामा सागसब्जी लगाउने र एक मात्र गाई पाल्ने कृषकलाइ समेत गणना भित्र राखिएको बताउदै झापामा ३३ जना सुपरिवेक्षकसहित जम्मा एकसय ६० जना गणक खटाइएकोे बताउनु भयो ।
लुईटेलले गणक र सुपरिवेक्षकलाई चैत्र १५ गते (मंगलबार) बाट तालिमको व्यवस्था गरिएको बताउदै कृषकको सूचीकरण र स्याम्पोलिङ्ग प्रविधि गरी २ चरणमा गणना हुने बताउनु भयो ।
चैत्र १ गतेबाट झापाको भद्रपुरमा स्थापना गरिएको कार्यलयले आगामी बैशाख ६ गते देखि जेठ १९ सम्ममा गणना सम्पन्न पर्ने लक्ष्य राखिएको छ ।
कृषकको दीर्घकालीन योजना स्थापित गर्दै कृषि निर्माण संगै कृषकको स्तरबृद्धि गर्दै कृषिमा आत्मा निर्भरता बढाउन गणना गरिएको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी तथा गणना समन्वयन समिति झापाका संयोजक छवि रिजालको अध्यक्षतामा सम्पन्न गोष्ठीमा कृषिसंग सम्बन्धित सहकारी प्रतिनिधिहरु ,कार्यलय प्रमुख सुरक्षा कार्यालय प्रमुख, पत्रकार लगायतका सरोकारवालाको सहभागितामा सम्पन्न गोष्ठीको संचालन राजन न्यौपाने गर्नु भएको थियो । गोष्ठीमा गणना समन्वय समिति सदस्य सागर विष्टले मन्तव्य राख्नु भएको थियो ।
झापामा कृषि गणनाको तयारी



















