HomeFeatured 2कांग्रेसको व्यस्तता: बिर्तामोडमा टोल समिति घोषणा, अर्जुनधारा ९ को कार्यालय उद्घाटन

कांग्रेसको व्यस्तता: बिर्तामोडमा टोल समिति घोषणा, अर्जुनधारा ९ को कार्यालय उद्घाटन

बिर्तामोड १० चैत । बिर्तामोड नगरपालिका वडा नं.–४ का विभिन्न टोलमा गठित नेपाली कांग्रेसका टोल समिति बिहीबार आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको छ । वडा सभापति राजकुमार प्रसाईको अध्यक्षता तथा पार्टीका जिल्ला प्रतिनिधि सिताराम सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गठित टोल समितिको घोषणा वडा सचिव लक्ष्मी गौतमले गर्नुभएको थियो ।
३२ वटा टोलमध्ये हालसम्ममा वडा नं. ४ मा पार्टीका २२ वटा टोल समिति गठन भइसकेको वडा उपसभापति रामप्रसाद पौडेलले जानकारी दिनुभयो । बाँकी रहेको १० वटा टोलमा पनि चाँडै पार्टीको टोल समिति गठन गर्ने तयारी भइरहेको अर्का उपसभापति रोशन विमलीले बताउनु भयो ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मिति नजिकिंदै जाँदा वडा तहमा पार्टीलाई जागरुक बनाउदै मत परिणाम आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ वडाका टोल टोलमा पार्टीका टोल समिति गठन गरिएको बताइएको छ ।
गठित टोल समिति घोषणा कार्यक्रममा जिल्ला प्रतिनिधि सिटौला, महाधिवेशन प्रतिनिधि उमा शिवाकोटी लगायतले मन्तव्य राख्दै आगामी निर्वाचनको मत परिणाम कांग्रेसको पक्षमा पार्न सबै जागरुक भएर लाग्नुपर्ने धारणा राखेका थिए ।
त्यस्तै नेपाली कांग्रेस अर्जुनधारा नगरपालिका वडा नं–९ को वडा कार्यालय बारघरेमा उद्घाटन गरिएको छ । नेपाली कांग्रेस झापाका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि देउकुमार थेवेले कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटन गर्दै उहाँले वडा र टोलका गतिविधि तिब्र बनाउन, कांग्रेस नेतृत्वको सरकारले गरेका कामबारे जनतालाई बुझाउन एवं एमसिसिबारेका भ्रम चिर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा अग्रज ब्यक्तित्व केदारमणि ढकाल, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महाधिवेशन प्रतिनिधिहरु दिपेन्द्र ढकाल र लीला कटुवाल, जिल्ला सदस्य याम भुजेल, अर्जुनधारा नगर सभापति हेमराज खरेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
वडा सभापति लिलाप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सागर ढकाल र सञ्चालन शेखर बनले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कांग्रेसको व्यस्तता: बिर्तामोडमा टोल समिति घोषणा, अर्जुनधारा ९ को कार्यालय उद्घाटन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img