Homeसमाचारझापामा गाउँ– गाउँ जाऔ– काङ्ग्रेस जिताऔ’ अभियान तीब्र

झापामा गाउँ– गाउँ जाऔ– काङ्ग्रेस जिताऔ’ अभियान तीब्र

बिर्तामोड १ चैत । नेपाली काङ्ग्रेस केन्द्रीय समितिको निर्देशन एवं झापा जिल्ला समितिको निर्णयानुसार झापामा ‘गाउँ– गाउँ जाऔ– काङ्ग्रेस जिताऔ’ अभियान तीब्र पारिएको छ । यही अभियान अन्तर्गत मंगलबार झापाको क्षेत्र नम्बर–२ र ४ मा क्षेत्रस्तरीय अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ ले जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य उमेशजङ रायमाझीले आचार, बिचार र सिद्धान्तबाट च्युत भएर बिश्वमा सकिदै गरेको कम्युनिस्ट शक्तिसँग अब निर्णायक लडाइ लड्नुपर्ने बेला आएको बताउनुुभयो ।
जनताको भविष्य हेरेर काङ्ग्रेसले एमसिसी पारित गरेको जानकारी दिदै नेता रायमाझीले यसबारेको भ्रम र यथार्थ जनतालाई बुझाउन जरुरी रहेको धारणा राख्नुभयो ।
नेपाली जनताको समृद्धि काङ्ग्रेसको मुल नारा भएको बताउँदै उहाले सडक, विद्युत, लगानीमैत्री वातावरण, शिक्षा, स्वास्थ, यातायात, संचार लगायतका बिकास काङ्ग्रेस नेतृत्वको सरकारकै पालामा भएको दाबी गर्नुभयो ।
नेपाली काङ्ग्रेस झापा सभापति देउकुमार थेबेले संगठनलाइ चलायमान बनाउन वडा प्रतिनिधिहरु तोकिसकिएको जानकारी दिदै जिल्ला प्रतिनिधिहरुले वडा र टोल समिति गठन एवं बैठकहरु तिब्र पारेको बताउनुभयो ।
क्षेत्रीय सभापति खगेन्द्र मैनालीले अन्तरक्रिया कार्यक्रमबारे जानकारी एवं स्वागत गर्नुहुँदै केन्द्र एवं जिल्लाले दिएका नीति निर्देशन, एमसिसिबारेका भ्रम र यथार्थ, स्थानीय तहमा प्रतिपक्षको भुमिका निर्बाह भयो कि भएन रु भन्नेबारे महत्वपूर्ण कार्यक्रम भएको बताउनुभयो । चन्द्र चुडालले सञ्चालन गर्नुभएको कार्यक्रममा सहजीकरण लक्ष्मी खनाल कोइराला, रुपक दाहाल, रमेश दाहाल एवं भरत प्रसाईले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाई, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, जिल्ला उपसभापति शेरबहादुर भट्टराई, सचिव कृष्ण हुमागाई, प्रदेश नं–१ का सदस्यहरु रञ्जिता कार्की, मिरा खड्का, राजकुमार बराइली लगायतको आतिथ्य रहेको थियो ।
यसैबीच झापा क्षेत्र नं–४ को कनकाईको सुरुङ्गामा पनि अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय सभापति जयनारायण शाहको सभापतित्व र केन्द्रीय सदस्य उमेशजंग रायमाझीको प्रमुख आतिथ्य एवं झापा सभापति देउकुमार थेवेको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा विषयप्रवेश झापा क्षेत्र नं–४ ख का प्रदेश क्षेत्रीय सभापति ख्यामप्रसाद सिटौलाले गराउनुभएको थियो ।
नेपाली कांग्रेस १ नं प्रदेश समितिका सदस्यहरु किरण भट्टराई, उत्तम चौंलागाई, मिरा खड्का, झापाका उपसभापति शेरबहादुर भट्टराई, सचिव कृष्ण हुमागाई, सहसचिव कमल भण्डारी लगायत पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रममा बसन्त नेपाल र लक्ष्मी शिवाकोटीले सहजीकरण गर्नुभएको थियो ।
दुवै कार्यक्रममा सम्बन्धित क्षेत्रका महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, क्षेत्र एवं प्रदेश क्षेत्रीय समितिका पदाधिकारी, वडा सभापति, भातृ एवं शुभेच्छुक संघ–सस्थाका सभापतिहरुको सहभागिता रहेको थियो ।
कांग्रेस केन्द्रीय समितिले एमसिसिकाबारे जनतामा रहेको भ्रम र यथार्थबारे जानकारी गराउने, स्थानीय निर्वाचन परिणामका लागि कांग्रेसको पक्षमा माहौल बनाउने, पार्टी कार्यकर्ताबीचमा एकता र ऊर्जा अभिबृद्धि गर्ने, विधान बमोजिम जिम्मेवारी बाँडफाँड गरी सबै कार्यकर्तालाई जिम्मेवारी दिने, नेपाली कांग्रेसको नेतृत्वमा भएका राजनीतिक, आर्थिक उपलब्धीहरु जन–जनमा पु¥याउने लगायतका लक्षसहित देशभर अभियान सञ्चालन गरिरहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापामा गाउँ– गाउँ जाऔ– काङ्ग्रेस जिताऔ’ अभियान तीब्र
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img