Homeखेलझापा गोल्डकप पाँचौं संस्करण : कसले मार्ला बाजी ?

झापा गोल्डकप पाँचौं संस्करण : कसले मार्ला बाजी ?

बिर्तामोड २९ फागुन । भोलि हुने नेपाल आइस झापा गोल्डकप अन्तरगत पाँचौं संस्करणको फाइनल प्रवेश गरेका दुवै टिमले उपाधी उचाल्ने दावी गरेका छन् ।
विभागीय टिम त्रिभुवन आर्मीसंग चौथो पटकको प्रतिष्पर्धामा घरेलु टिम झापा–११ ले यो पटक उपाधी उचाल्ने दावी गरेको छ ।
त्यसै त्रिभूवन आर्मीका तर्फबाट टिम कोच नविन न्यौपानेले डोमालाल रंगशाला आफूहरुलाई पनि घरेलु मैदान जस्तै लागेको बताउँदै यो पटक पनि उपाधी आर्मीले नै हात पार्ने बताएका छन् ।
गोल्डकप आयोजक समितिद्वारा विर्तामोडमा आयोजित प्रि म्याच प्रेस कन्फ्रेन्समा बोल्दै दुवै टिमका कोच तथा टिम क्याप्टेनले उपाधी उचाल्ने दावी गरेका हुन् ।
यसअघिका खेलमा झापा ११ ले सिक्किमको रेडपाण्डा फुटबल क्लबलाई क्वाटर फाइनल र सेमिफाइनलमा संकटा क्लब जावलाखेललाई पछि पार्दै फाइनल प्रवेश गरेको हो भने त्रिभूवन आर्मी क्लब क्वार्टर फाइनलमा दार्जिलिङको एमएफसी क्लब र सेमिफाइनलमा सातदोबाटो क्लबलाई पाखा लगाउँदै फाइनलमा पुगेको हो ।
दुवै टिमका कोच र टिम क्याप्टेनले उपाधीका लागि निकै कडा मेहनत गर्नुपर्ने स्वीकार गरेका छन् ।
झापा–११ का टिम क्याप्टेन सन्तोष गुरुङले पाँचौं पटकको प्रतिष्पर्धासम्म आइपुग्दा फाइनलमा आर्मी क्लवसंगै प्रतिष्पर्धा गर्नु परेको इतिहासलाई यो पटक उपाधी हात पारेर इतिहास बनाउने बताउनु भयो ।
त्यस्तै टिम क्याप्टेन विशाल राईले यो पटक नेपालका उत्कृष्ट खेलाडीहरुको टिम लिएर झापा ११ मैदानमा आएको बताउनु भयो । उत्कृष्ट खेलाडीको टिम रहेपनि झापा ११ का खेलाडीले प्रतिष्पर्धामा सहभागी हुनुअघि एकै ठाउँमा अभ्यास गर्ने समयको अभावमा पाँचौं संस्करणका क्वाटर फाइनल र सेमिफाइनलमा केही कमजोरी भएको स्विकार गर्दै फाइनलमा पूर्ण सुधार गरेर सबै खेलाडीको प्रयासमा उपाधी जित्ने दावी गर्नुभयो ।
उपाधी नजिक पुग्दा घरेलु दर्शकको अपार समर्थन पाएको झापा ११ ले उपाधी जितेर दर्शकलाई खुशी दिन भने सकेको छैन ।
सो अवसरमा आयोजक झापा गोल्डकप समितिका अध्यक्ष विनोद बस्नेतले फुटबल खेलाडी विशाल राईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
प्रि म्याच प्रेस कन्फ्रेन्सको सहजीकरण पाँचौं संस्करणका म्याच कमिसनर केशव दाहालले सहजीकरण गर्नुभएको थियो । प्रतियोगिताका विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ । सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डफेन्डरले नगद २१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेलझापा गोल्डकप पाँचौं संस्करण : कसले मार्ला बाजी ?
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img