HomeFeatured 2नावालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

नावालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

मोरङ २९ फागुन । मोरङको सुन्दरहरैचा नगरपालिका –७ की १८ महिनाकी नाबालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय २५ बर्षीय अजय चौधरी र २८ बर्षीय मिथुन चौधरी रहेका छन् । फागुन २७ गते बेलुका साँढे ५ बजे तिर घरैबाट हराएकी बालिका साँढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन । अचेत अवस्थामा फेला परेकी बालिकालाई तत्काल उद्दार गरी उपचारको लागी नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा सोहि दिन राती साँढे १२ बजे मृत्यु भएको थियो ।
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गर्ने क्रममा बालिकालाई चौधरीद्धयले घरमा कोही नभएको मौका छोपी घरैबाट बोकेर झाडीमा लगेर जबरजस्ती करणी गरी अर्धचेत अवस्थामा सोही स्थानमा छोडेर फरार भएको खुलेसंगै दुवै जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार शुक्रबार दिउँसो ३ बजे अजय गछिया खोलमा बालुवा चाल्दै गरेको बोला उनको दाई मिथुनसँग भेटघाट भएको थियो । उनीहरुले केरा बगानमा गएर गाँजा खाइसकेपछि अजयले बच्चा लिएर आउँछु भनेर हिडेका थिए । नाबालिकालाई घरको छेउमा एक्लै खेल्दै गरेको देखेपछि बोकेर बनमारा झाँडीमा लगेर करणी गरेको प्रहरीले जनाएको छ । करणी गर्ने क्रममा नाबालिका रुन थालेपछि टाउकोमा बियरको बोतल र ढुंगाले समेत प्रहार गरेको प्रहरी स्रोतको भनाई छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नावालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा २ जना पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img